काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । कांग्रेसबाट समानुपातिक तर्फकी प्रदेशसभामा सदस्य रहेकी गौचनको काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति निधन भएको हो ।
उनको शव अस्पतालमै राखिएको तथा छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया