काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पु¥याइएको छ ।
उनी केहीबेरअघि काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सीआईबीका डीएसपी नेतृत्वको टोलीले काठमाडौंको सानोभ¥याङबाट पक्राउ गरेको हो ।
कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी सम्पर्क विहीन भएका थिए ।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
प्रतिक्रिया