‘देशान्तर साप्ताहिक’का प्रिय पाठकहरू केही समयअघि ‘प्राचीन कथा’अन्तर्गत एक राजाको कथा प्रस्तुत गरिएको थियो, जो न्यायी र आफ्नो प्रजाका बीच लोकप्रिय थियो । अन्त्यमा लेखिएको थियो, त्यो राजाको एउटा विचित्र बानी थियो । त्यो विचित्र बानी के थियो र किन थियो ?
राजाको विचित्र बानी के थियो भने, ऊ जाडो होस्, गर्मी होस् प्रत्येक मौसममा एउटा ठूलो ऊनी टोपी लगाउँथ्यो । त्यो टोपीले उसको सारा शिर ढाकेर गर्दनसमेत ढाक्थ्यो । केवल आँखा, नाक र ओठ मात्र देखिन्थ्यो । निधारसमेत ढाकेको हुन्थ्यो । आधा जति । अरू कुरा त जम्मै ठीक थियो तर जाडो याममा पनि ऊनी टोपीले ढाक्नु निकै विचित्र र अस्वाभाविक बानी थियो । ऊनी पनि सामान्य होइन, एकदम बाक्लो किसिमको थियो । जनतामा त्यसैलाई लिएर विभिन्न किंवदन्ती चलेका थिए ।
एकदिन नदीपारि कुटी बनाएर तपस्या गर्ने एक सिद्ध साधुसँग जनता सोध्न गए । साधुले ध्यान लगाएर भन्यो– ‘पूर्वजन्ममा यस राजाले एउटा हरिनको सिकार गरेको थियो नजिक पुग्दा त्यो एक गर्भिणी हरिणी थिई । वास्तवमा त्यो पोथी हरिन एक अप्सरा थिई । एकदिन त्यसलाई पृथ्वी हेर्ने इच्छा भयो । त्यसको कारण थियो । हरिणीकी आमा पनि अप्सरा नै थिई । एक श्रापका कारण, त्यसले आफ्नो रूप त्याग्नु परेको थियो ।
एक दिन नाच्दानाच्दै त्यसलाई आफ्नो पूर्वजन्मको सम्झना भयो, जसमा ऊ मानवी थिई र उसले देवलोक जान पाउँ भनी ब्रह्माजीको तपस्या गरी र बह्माजीका वरदानले त्यो रूपवती अर्कै जन्ममा अप्सरा बनी र स्वर्गमा नृत्य गर्न थाली ।
पूर्वजन्ममा उसको एउटा प्रेमी थियो धर्तीमा । तिनीहरू दिनदिनै भेट्दथे र वन–वाटिकामा विचरण गर्दथे । तर कारणवश तिनको विवाह हुन पाएन । विरहको पीडामा त्यसलाई पृथ्वीसँग विराटने भयो । उसले स्वर्ग जान्छु भनेर तपस्या गरी र अर्को जन्ममा अप्सरा भएर इन्द्रको दरबारमा नृत्य गर्न थाली । ऊ एक कुशल नृत्यांगना थिई । तर एकदिन नृत्य गर्दागर्दै उसलाई अचानक आफ्नो पूर्वजन्मको सम्झना आयो । प्रेमीको सम्झना आयो । उसलाई किन किन, आफू विरक्तिएर त्यागेको धर्तीको पनि सम्झना आयो । त्यसै समय उसले नृत्यमा चुक भयो । त्यो देखेर इन्द्र कुपित भएर श्राप दिए– ‘तँलाई जुन पृथ्वी र पृथ्वीको वनको सम्झना आयो, जसले गर्दा तँबाट नृत्यमा चुक भयो । इन्द्रलोकमा यस्तो भूल क्षम्य छैन । त्यसैले म तँलाई श्राप दिन्छु त त्यही वनमा विचरण गर्नेछेस्, तर हरिणी भएर ।’
त्यस्तो श्राप पाएपछि उसले इन्द्रलाई रोइकराइ गरेर श्राप मोचनको प्रार्थना गरी । अन्त्यमा इन्द्र केही नरम भएर भने– ‘ठीक छ, पाँच पर्व बितेपछि तँ पुनः मानवी रूपमा आउँछेस्, तर तेरो जुन पुत्र हुन्छ, त्यो राजा हुनेछ, तर त्यसले जुन क्षण त्यसले आफ्नो शिर उर्घाछ, त्यसको टाउको फुट्छ र त्यसको मृत्यु हुन्छ ।’
अप्सराले अझ प्रार्थना गरेपछि इन्द्रले अप्सराको उक्त पुत्रलाई एकान्तमा बाहेक शिर उघा¥यो भने मात्र यो श्राप लागु हुनेछ, एकान्तमा ऊ मुक्त हुनेछ ।
अप्सरा धर्तीमा झरी र हरिणी भएर श्राप काट्न थाली । पाँच वर्षपछि ऊ पुनः मानवी रूपमा आई । तर विधाताको लीला विचित्र छ । ऊ मानवी रूपमा आए पनि शुक्लपक्षको पूर्णिमाका दिन भने, चौबीस घण्टाका लागि मृगी बन्न बाध्य हुन्थी । इन्द्रले श्राप–मोचन गर्दा कुटिलता देखाएका थिए ।
मानव रूपमा त्यस अप्सराले विवाह गरेर गर्भ धारण गरी पनि, जुन दिन राजाले त्यसको शिकार गरेको थियो, त्यसदिन ऊ हरिणी रूपमा थिई । हरिणीले भनी– ‘म गर्भिणी छु र बेथा लागेकाले छटपटिँंदै थिएँ । त्यस्तो बखत तिमीले मेरो शिकार ग¥र्यौ । मेरो बच्चा मानव रूपमै जन्मिनेछ । म तिमीलाई श्राप दिन्न । तर एउटा वचन देऊ । तिमी मेरो यो पुत्रलाई आफ्नो उत्तराधिकारी बनाउनेछौ र यसको शिर एकान्तमा बाहेक सधैंं ढाकेर राख्नेछौ, मलाई इन्द्रले दिएको श्रापका कारण यस्तो भएको हो ।’
राजाले सबै वचन मान्ये । ऊ पश्चनतापमा थियो त्यसकारण हरिणीको उपचारमा लाग्यो । त्यत्तिकैमा बिहान भयो र हरिणी पुनः मानवी रूपमा आई । त्यसले एक पुत्रलाई जन्म दिई । राजाले पुत्रलाई आश्चर्यले हे¥यो । उसले वचन दिएबमोजिम, शिशुको पालन पोषण ग¥यो । त्यसलाई उत्तराधिकारी घोषित ग¥यो । कालान्तरमा बाबुको मृत्यु भएपछि उसले आफ्नो पुत्रलाई पहिल्यै युवराज घोषित गरेकाले ऊ स्वतः राजा बन्यो ।
यही त्यो राजा हो, जसले श्रापका कारण त्यस्तरी शिर ढाक्ने विचित्र बानी पारेको थियो । यस्तो कथा उक्त साधुले सुनाएर भन्यो– ‘उसको यही बाध्यता हो ।’
त्यसै बखत श्रोतमध्ये एकले प्रश्न ग¥यो– ‘साधु महाराज, यो कुरा तपार्इंंलाई कसरी थाहा भयो ?’
साधुले हाँसे भन्यो– ‘केटा, जोसिद्ध हुन्छ, त्यो त्रिकालदर्शी हुन्छ । हामीलाई कुरा जान्न केही गर्नु पर्दैन । बसेर ध्यान लगाए पुग्छ । तिमीहरूको प्रश्नको उत्तर दिन मैले पनि ध्यान लगाएँ र ज्ञान पाएँ, राजाको टोपीको रहस्य ।’
जनता चित्त बुझाएर बस्न थाले । त्यसै राज्यमा एकजना हजाम बस्दथ्यो । एकदिन राजाले त्यसलाई डाकी पठाए ।
कारण के भने, राजाको गालामा खटिरा आयो । चिलाउने खटिरा । वैद्यलाई सोधी पठाउँदा उसले सल्लाह दियो कपाल, दाह्री जँुगा, सबै खौरेर औषधि लगाउनुपर्छ निको हुन्छ । हजाम राजाकहाँ वैद्यको सल्लाहबमोजिम झिकाइएको थियो ।
हजाम राजाकहाँबाट फक्र्याे । उसकी पत्नीले देखी, पति त एकदम होस हराएजस्तो छ । सोधी के भयो, राजाले गाली गरे ।’ हजाम केही नबोलेर मुद्दा पर्यो किन हो ?
(बाँकी पछिको अंकमा)
प्रतिक्रिया