काठमाडौं । नेपालले आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । नेपालको यो लगातार दोस्रो जित हो ।
यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।
आज एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो । कुवेत १३ ओभरमा अलआउट भएको थियो।
नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २÷२ विकेट लिए । भने कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन् ।
प्रतिक्रिया