काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गर्ने भएको छ ।
बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने र एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।
प्रतिक्रिया