देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबलआइएमई बैंकको नाफा तीन महिनामा साढे एक अर्ब

देशान्तर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा २३.३६ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको तीन महिनामा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, बैंकको ब्याज आम्दानीमा भने कमी आएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १४ अर्ब २० करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा भने बैंकले ११ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।

बैंकको सञ्चालन मुनाफा बढेको छ । यो बैंकले तीन महिनाको अवधिमा दुई अर्ब १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७९ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।