देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ आउने सडक दुईतर्फी सञ्चालनमा

देशान्तर

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ आउने सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत असोज १० र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । केही मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात खुले पनि सडकमा ह्युमपाइप राख्नुपर्ने भन्दै कात्तिक २ गतेदेखि एकतर्फी यातायातमात्र सञ्चालन भएको थियो ।

सडकको मर्मत सम्पन्न भएपछि भने दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।