देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिछानेले गरे प्रहरीसमक्ष आत्मसमर्पण

देशान्तर

काठमाडौं । पुर्ब गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनले अरु पार्टीले जस्तै कम्प्रमाइज गरेको भए आफू पक्राउ नै नपर्ने दाबी गरेका छन् । उनले अदालतबाट न्याय पाउने भए पनि त्यहाँसेटिङ गर्न सक्ने भन्दै राज्यको दादागिरीविरुद्ध लड्न अपिल गरेका छन् ।