देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत

देशान्तर

काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताहरु सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको हो । दुबै आयोग पदाधिकारीबिहीन छ । ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन भएको तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको छैन ।

बैठकमा शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।