देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्थायी आवास निर्माण गर्न ७ दिनभित्र पहिलो किस्ता निकासा गर्ने , खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय

देशान्तर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्मा परेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा बसेको बैठकले बेपत्ताहरूको खोजी र उद्धारलाई तीव्रता दिने निर्णय गरेको हो ।
राहत वितरणलाई पनि तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको छ । अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ । बैठकले मनसुनजन्य विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ । टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय गरेको छ । यस्तै आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न ७ दिनभित्र पहिलो किस्ता निकासा गर्ने निर्णय भएको छ । बैठकले राजमार्गहरूमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पठाउने र अवरुद्ध सड्क सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
बैठकले खोज तथा पुनर्स्थापना लागि रेडक्रस र अन्य साझेदार संस्थाहरूबाट सहायता परिचालन गर्ने र , सम्भावित महामारी आकलन गरेर महामारी फैलन नदिने गरी स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउने निर्णय गरेको छ ।