देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेम ईश्वरीय हो बसन्त चौधरी



बसन्त चौधरीसँग मेरो परिचय निकै पुरानो हो । दशकमा हेर्नुपर्ने किसिमको । परिचय केही समय निकटतामा परिणत भयो ।
बसन्त चौधरीसँग निकटता हुँदैनथियो होला उनीलाई सहित्य–संगीत– कलामा अनुराग नभएको भए । अझ भनँु, उनी स्वयं कवि नभएको भए ।
मातापिताका नाउँमा उनले श्री लूनकरणदास–गंगादेव चौधरी साहित्य–कला मन्दिरको स्थापना गरेका छन् । एकपटक मैले उनलाई कृतिबारे सोधेको थिए । उनको उत्तर थियो– ‘म त जान्दा पनि जान्दिनँ डाक्टर साहेब कति विद्यार्थी यसरी पढ्छन् ।’ उनको कवित्वबारे एम.ए. थेसिसहरू लेखिन्छन् नै दुई विद्यार्थीले त उनीबारे ‘विद्यावारिधि लगभग पूरा गरिसके । चाँडो पाउँदै छन् । धेरैअघि विनोद दीक्षित र म उनीसँग समीक्षा साहित्यिकका लागि अन्तर्वार्ता लिन गएका थियौं । त्यसबखत साहित्य र अन्य क्षेत्र भनेर म लेख्दथेँ । त्यसबखत लिन गएको अन्तर्वार्ता उनलाई अन्य क्षेत्रको व्यक्ति र साहित्यकारबारे उनको के विचार छ भनेर लिन गएको थिएँ ।
तर यस पटक उनीलाई एक विशुद्ध सक्रिय कविका रूपमा कुराका गर्दै थिएँ ।
बसन्त चौधरीको नेपालका ९ भाषामा कविता संग्रह प्रकाशित भएका छन् । एक कीतिमानी कार्य, मैले एकपटक लेखेको थिएँ, मित्रताको पनि आयु हुन्छ ।
यहीअनुसार यो कुरा भनेको थिएँ । तर उनी मसित महमत भएनन् । उनले भनेँ– ‘वन्स अ फ्रेन्ड इज फ्रेन्ड फर एभर ।’ उनको एक अर्काे कुरो सम्झन्छु । आज उनको आवाज गुन्दछ । बेलाबेलामा हामीबाट उनलाई गाइरहेको देखाइन्छ । ती गीतहरू प्रायः स्वर्णिम संख्यानामक उनकै नाउँको कार्यक्रम थियो । त्यही कार्यक्रमबाट लिएर नारायण गोपाललाई गाइरहेको देखाइन्छ । त्यस कार्यक्रममा प्रयोजक बसन्त चौधरी नै हुन् ।
नारायण गोपालसँग मेरो पनि मित्रता थियो । उनीसित अन्तिम भेट, बसन्त चौधरीकै खिचापोखरी अफिसमा भएको थियो । त्यस बखत उनी कमजोर देखिन्थे र लठ्ठी टेकेर हिँड्थे ।
बसन्त चौधरी नारायण गोपाललाई धेरै मान्दथे । उनको नाउँमा यिनले पुरस्कार पनि राखेका छन् ।
स्वयं चौधरीले विदेशबाट पनि सम्मानहरू प्राप्त गरेका छन् ।
उनीलाई प्रेमकवि भन्दछन् । उनीसित पहिलो प्रश्न नै यसरी सोधेँ ‘तपाईंका दृष्टिमा प्रेम के हो ?’
उनको उत्तर थियो– प्रेम सृष्टि हो र ईश्वरीय हो । रूपभन्दा मन र आत्माको आभास हुने गर्दछ प्रेममा । प्रेमको सर्वाेच्चता मानवतामा प्राप्त हुन्छ । हिंसा कुनै पनि प्रकारमा प्राप्त हुँदैन । वास्तवमा गुफा युगदेखि नै अथवा कवि युगको थालनीदेखि नै प्रेमको ऐतिहासिक आँकलन गर्न सकिएला । होइन भने प्रेम यही हो भन्न कठिन छ । सृष्टिदेखि आजसम्मको मानव सभ्यताको यात्रामा प्रेम सबैभन्दा माथिल्लो कोटीमा पर्दछ ।
धेरैले प्रेमको परिभाषा दिएका छन् । तर यो मन र आत्मासँग अभिन्न रूपमा गाँसिकएकाले यो अपरिभाषित छ । यति भन्न सकिन्छ, यो एक फिलिङ हो, हावा, घाम, वातावरणको समग्र प्रकृतिको अनुभूति भएजस्तै, त्यसैले प्रेम प्रकृति पनि हो । खास प्रवृत्ति पनि हो । ब्रह्माण्डलाई पूर्ण रूपमा आजसम्म परिभाषित गर्न सकिएको छैन । प्रेम ब्रह्माण्डजस्तै छ । यति भन्न सकिएला कि प्रेमको बाह्य र आन्तरिक प्रकृति हुन्छ । निश्चय नै प्रेमको आन्तरिक प्रकृति नै त्यसको मूल हो र बाह्य रूप गौण हो ।
बसन्तले मनका कुरा भनेर सीजी इन्टरटेनमेन्टअन्तर्गत एउटा लोकप्रिय टीभी कार्यक्रम पनि चलाएका छन्, जसमा उनी स्वयं कुनै सेलिब्रेटीसँग मनका कुरा गर्दछन् ।
उनका कविताहरूको समालोचना गर्दै भारतका ठूल्ठूला कविहरूले व्याख्या र विशेषताको वर्णन गरेका छन् । नीरज, केदारनाथ सिंह आदि वरिष्ठ र विशिष्ट समालोचकले उनका विवेचना गर्दै तिनका विशेषता दर्शाउँदै भूमिका लेखेका छन् । अन्य कतिपयले उनकाबारे धेरै लेखेका छन् ।
उनलाई कहिलेकाहीँ खिन्नता बोध हुने कुरा के छ भने कोहीको उपेक्षा वा अन्यथा मूल्यांकन उनको साहित्यकला सेवालाई दुई प्रकारमा विभाजित गर्न सकिन्छ । पहिलो त उनको लेखन नै हो । त्यसबाहेक सहित्य कला संस्कृति सामाजिक सेवा सम्मान गर्न । निकै वर्षअगि रामायण हिन्ी धारावाहिकको अपार सफलतापछि उनले त्यसलाई निर्देशन दिने र बनाउने, प्रख्यात लेखक निर्देशक रामानन्द सागरलाई नेपालमा निम्त्याएर स्वागत सम्मान गरेका थिए । त्यसबखत उनले लेखेको स्वागत भाषणले स्वयं रामानन्द सागरको समेत मन छोएको थियो । उनी भावुक भएका थिए । बसन्त चौधरीको त्यो भाषण पढ्ने अवसर मैले पनि पाएको थिएँ ।
यसले पनि हाम्रो सम्बन्धमा वृद्धि भएको थियो त्यसलाई मैले यो सम्बन्ध पारिवारिक पनि भयो ।
माथि उनको संस्थाको जुन चर्चा गरियो । अहिले उनकी छोरी मेघा चौधरीको अध्यक्षतामा चलिरहेको छ । बसन्त चौधरी संस्थाका संरक्षक छन् । श्री लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिर विभिन्न सम्बद्ध क्षेत्रका सर्जक विद्वानहरूको सम्मान गर्ने एक प्रतिष्ठित संस्था बनेको छ ।
बसन्त चौधरीको एक अभियान विश्व काव्य सम्मेलन गर्दछन् । सर्वनाममा उनको एकल कवितावाचन पनि उनको एक काव्यात्मक उपलब्धि मान्न सकिन्छ ।
ती कुराको स्मरण गर्दै मैले सोधेँ– ‘तपाईंलाई आफ्नो काव्य यात्रा कस्तो लाग्छ ?’
उनले भने ‘अपार काव्य संसारको म एक अकिचन बटुवा हुँ तर सिर्जनाको आनन्दलाई मैले सबैभन्दा अलग र विशिष्ट मानेको छु ।
तपाईंमा लेखनको विशिष्ट कसरी आयो पुस्तैनी हो कि के हो ?
उनले भने– हाम्रै पुस्तादेखि हो, सम्झने हो भने मेरो पिताजीको महाकवि देवकोटासँग राम्रो सम्बन्ध थियो । देवकोटा पिताजीको अफिसमा पनि रोवर आइरहनु हुन्थ्यो ।
हाम्रो पुस्तामा सिर्जनाको प्राकृतिक आयो । यसलाई म दैवी प्रेरणा मान्दछु । मेरा दाइ विनोद चौधरी राम्रो गाउनु हुन्छ । उहाँको एल्बम निस्केको छ । भतिजा निर्वाण पनि लेख्दछन् । छोरी मेघा पनि लेख्दछिन् । चित्रसमेत कोर्दछिन् उनी । म आफू पनि धेरै समय भयो लेख्न थालेको ।
प्रश्न गरे– ‘आगामी योजना के छ त लेखनमा ?’
एक उपन्यासमा काम गर्दैछु ।
कहिलेसम्म प्रकाशित होला ?
उनले भने यस वर्षको अत्यसम्म आउँछ कि ? हेरुँ ।
बसन्तको पूरा नभएको एउटा धोको रहेछ । के ?
उनले भने अभिनय गर्ने धोको । प्रयत्नरत छु, तर के हुन्छ र कहिले हुन्छ, भन्न सक्दिनँ ।
मैले अन्त्यमा उनलाई शुभकामना दिएँ र आफ्नो काव्य यात्रालाई निरन्तरता दिने अर्को शुभकामना दिए ।