देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आदरणीय


चार जनाले मिलेमतो गरेर
दिन दहाडै ठगी गर्ने
बोकालाई कुकुर तुल्याएर
अनेक प्रपञ्च मिलाएर ठगी खाने
अनि उसैको ठूलो स्वर
ताल न बेतालको तर्क
डर उत्प्रेरित च्याउँच्याउँ च्याउँच्याउँ
‘आदरणीय’ ठगलाई भगाउन
राज्यको समेत मिलेमतो
के भयो यो मुलुकमा ?
खाली आतशबाजी मात्र
नाटक मञ्चन मात्र
गुन्डा नाइके राजनीतिबाट उठेपछि
मन्त्रालय नै बिक्रीमा राख्न सक्ने
किन्न तयार झन् ऐतिहासिक पार्टी
पार्टी खोलेर जनता झुकाउन सकेपछि
तार्किक शिखरमा पु¥याइदिन सक्ने
वाल्ल परेर टोपी समाउनुपर्ने
यति धेरै ठीक र बेठीकबाट बुझ्न
के भएको मेरो मुलुकमा
उत्कृष्ट संविधान, भएसम्म पुच्छर गाँसेको गणतन्त्र
अब के राज्य नै छैन यहाँ ?

जनता निरीह हुन सक्छन्
भइरहेका छन्
तर के मुलुक पनि निरीह हुन सक्छ ?
एकदमै हुन सक्छ
विश्व इतिहास साक्षी छ यसको
नेतृत्वको अहंकारले हाँकेको,
लोभ प्रदत्त राज्य सञ्चालनले
जनतालाई मात्र निरीह तुल्याएन
राज्य नै निरीह बनेको छ
आजको दिन हेर्न पर किन जानु प¥यो र ?
प्रत्यक्ष प्रमाण आफ्नै मुलुक बनेको छ
जो प्रत्येक दिन निरीह हुँदै गएको छ

विकास र समृद्धिको लेप लगाएर
केवल सत्ता महत्वाकांक्षाको राजनीति
त्यसले निकालेको डुंगुरको डुंगुर फोहोर
त्यही फोहोरमा खेलिएका खेल आजुजे बनेर
एकले अर्कोलाई राउन्ड किक
हान्दा हान्दै
कति हिंसा, कति अहिंसा
‘मनपरी बोल्ने केटो’लाई तह लगाउन
ब्रह्मास्त्र प्रयोग गरेको देख्दा
जस्ताको तस्तै सत्य कुरा बोल्नेलाई
झुट फरेबी बोल्नेले मनपरी बोलेको भन्ने ?

जेल पर्दैमा कोही नेता हुने होइन
यो कुनै सर्टिफिकेट होइन
टाउको काटेर पनि जेल परेका छन्
गोली हानेर पनि जेल परेका छन्
राजनीतिक रङ पोतिएपछि यी नेता बन्ने हो भने
जेल परेका डाँकुहरूको समेत अपमान हुन्छ
अपराधीलाई उच्च आसनी नदिऊँ
ठगलाई आदरणीय नभनौँ
मुलुक कति निरीह भइसकेको छ
यदि त्यसको अलिकति मात्र चेतना भएु।