देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी फुट्दै

देशान्तर


काठमाडौं । भदौको दोश्रो साता एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइन्युट हस्तान्तरण गर्दै समाजवादीको बागलुङ जिल्ला कमिटी पुरै एमालेमा समाहित गराएपछि बाग्लुङमा यो अहिले पार्टीको बोर्ड समेत हटाइएको छ । खासमा समाजबादी पार्टी भित्र पहिलेदेखि केहि नेता र सांसदहरु एमालेमा फर्किने तयारी गरेको र पदाधिकारी र पोलिटब्युरोको चुनावपछि त झन पार्टी फुटउन्मुख भएकोले कुनैपनि बेला केन्द्रको एउटा ठूलो पक्ति एमालेमा फर्किने राजनीतिक बिश्लेषकहरुको बिश्लेषणलाई बागलुङमा भएको नेकपा एसको बिलयले थप बल पुराएको छ । पार्टीका थुप्रै प्रभावशाली नेताहरू चुनावपछि निष्क्रिय हुदै पार्टीको बैठकहरूमा सहभागी हुनसमेत छाडेका छन भने पार्टीमा रहन नसक्ने अभिव्यक्तिहरू उनीहरूबाट आइरहेका छन् ।
केही सांसद पदाधिकारी र पोलिटब्युरोको चुनाव प्रक्रियामै सहभागी भएनन् । पदाधिकारी र पोलिटब्युरोको चुनाव प्रक्रियामै सहभागी नभएका सांसद प्रेमबहादुर आलेले त आफू स्वतन्त्र रहेको सार्बजनिक रुपमा भन्दै आएका छन् । सांसद आलेलाई पार्टीे केन्द्रिय कमिटीबाटै नेकपा एसले हटाएको छ । कृष्णकुमार श्रेष्ठ (किसान) एक दिन मात्र महाधिवेशनमा गएका थिए । त्यसपछि गएनन् । अर्का सांसद धनबहादुर बुढा पनि पार्टी नेतृत्व प्रति असन्तुष्ट रहदै आएका छन् । अर्का सांसद अम्बरबहादुर थापाले लगातार पार्टी केन्द्रीय कमिटी बैठक बहिष्कार गर्दै आएका छन् । माधव नेपालका खास मान्छे भनेर चिनिने उप महासचिवमा निर्वाचित र पछिल्लो समय विवादीत अभिब्यक्ति दिएर अहिले सर्बत्र आलोचित भएका सांसद मेटमणि चौधरीलेसमेत पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् । महिला उपाध्यक्षमा पराजित भएकी नेतृ राम कुमरी झाक्रि पनि नेतृत्व संग सन्तुष्ट छैनिन् । काठमाडौ महानगर प्रमुख बालेन शाह र एमाले अध्यक्ष केपी ओलीका समर्थक बीच भएको फलो अनफलो अभियानमा झाक्रिले ओलीको पक्षमा स्टाटसनै लेखेकी थिइन् । उनले लेखेको स्टाटसमा ओलीलाई आफ्नै पार्टीको अध्यक्षको जस्तो सम्बोधन छ । उनले लेखेकी थिइन एमाले पार्टीका संगठित सदस्यहरुले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिले भन्दा दोब्बर हुन्छ ।


१२ सिट रहेको जसपा नेपाल फुटदा प्रतिनिधिसभामा दश सिट रहेको यो दलका ६ सांसद सहितका नेताहरुले पार्टी फूटाउन लागेको चर्चा यस अघि नै सार्बजनिक भएको थियो । एमाले संग नरम रहेका यस पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा पार्टी फुटन लागेको चर्चा चले पछि खनालले त्यस्को खण्डन गरेका थिए । यद्यपी अहिले पनि त्यतिनै सांसदको सख्या र असन्तुष्ट रहेका थप नेताहरुले कुनै पनि बेला पार्टी फुटाउन सक्ने डर नेपाल पक्षमा कायमै छ । राजनीतिका चतुर खेलाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस फुटाएर आफ्नो दलमा समाहित गराउदै संसदको ठूलो दल बनाउने रणनीतिक योजना बुनेर बसेको राजनीतिक बृतमा चर्चा छ । यसका लागि संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीसमेत रहेका ओलीले केही दिन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन चाहेको तर कांग्रेस सभापति शेरबहादुर देउवाले सहमत नजनाएपछि तत्कालको ओलीको योजना टरेको थियो । तर नेकपा एसलाई फुटाइ छाडने ओलीको योजना रहेको र एस भित्र पनि असन्तुष्टि भुसको आगोझै सल्कीएकोले जुन सुकै बेला फुटन सक्ने राजनीतिक जानकारहरु बताउछन् ।