देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेटमणीको अभिब्यक्ति राष्ट्रघाती

देशान्तर


काठमाडौं । राष्ट्रद्रोह वा राष्ट्रघाती कदम, राष्ट्र विप्लव वा राष्ट्रमा उत्पात तथा अव्यवस्था फैलाउने एवं राष्ट्रमा विखण्डित गतिविधि गर्ने जुनसुकै कार्य पनि राष्ट्रघात मानिन्छ र संबिधान बिपरित अभिब्यक्ति दिनु राष्ट्रघात हो भनेर जिम्मेवार पार्टीको पदाधिकारी ,सांसद र मन्त्री भैसकेको मेटमणी चौधरीलाई थाहा नहुने कुरै भएन तर भारतको अतिक्रमणमा परेका लिपु लेक, कालापानी र लिम्पियाधुरालाई नेपालको संविधानलेनै नेपालको रहेको प्रमाणिक गर्दै देशको नयाँ नक्सालाई आफ्नो अभिन्न अंगका रुपमा स्वीकार गरिसकेको अबस्थामा चौधरीले दिएको एक विवादीत राष्ट्रघाती अभिब्यक्तिको अहिले चौतर्फी आलोचना भएको छ ।
उनको अभिब्यक्ति पछि उनि सम्बद्ध पार्टी नेकपा समाजवादीले तीन दिने स्पष्टिकरण पनि सोधिसकेको छ । स्पष्टिकरण हेरे पछि कारवाही गर्ने वा के गर्ने भन्ने निर्णय लिने त्यस पार्टीले जनाएको छ । तर चौधरीले सार्वजनिक गरेको एक प्रेस बिज्ञप्तीमा आफ्नो अभिव्यक्तिलाई जवर्जस्ती विवादित बनाउन खोजेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले भनेका छन् कार्यक्रममा चुच्चे नक्शाको सन्दर्भ उठेपछि मैले “महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा–आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र नदीको नक्कली मुहानको पश्चिम–उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा दावी गरेको र दावी पुगिरहेको कुरा भारतले गरिरहेको छ” भनेको छु। भारतको यसै दावीलाई आधार मान्ने हो भने उसको दावी पुग्छ तर २०१५ सालको आम निर्वाचनमा ती क्षेत्रका बासिन्दाहरुले मतदान गरेको र जग्गा जमिनको तिरो नेपाल सरकारलाई तिरेको प्रमाण भएकोले ती भूभागहरु नेपालकै भएको मैले दावी गरेको छु। मैले महाकाली नदिलाई आधाआधा बनाएर गरिएको सन्धीको विरोध गर्दा मेरो मूल आशयलाई बग्याउने प्रयास भएको छ । मैले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी यस विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेपनि न मेरो त्यस्तो आशय थियो न त नियतनै। कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझ्न सक्नुहुनेछ ।

उनले अगाडी भनेका छन म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिवद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र उक्त भूभाग हाम्रो पार्टीको समेत दावीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु ।
चौधरीले एक टेलिभिजन अन्तवार्तमा भनेका थिए महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । आज चुच्चे नक्सा निकाल्यो, पहिलो नदी बेच्ने, त्यसैको कारणले भारतले लिपुलेक, लिपुलेक र कालापानी भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्दा दाबी पुग्छ उसको। दाबी पुग्छ, लिन पाउँछ उसले। त्यो भूमिका कसले निर्माण ग¥यो ? त्यसो भए आज तपाईँले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छ भनेर धमलाले सोधेपछि चौधरीले थपे, भारतको हो नि। त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छ। यस्तो फाटाहागिरिकाम कसैले गर्नु हुँदैन । म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो। कोशी र गण्डकी नदी बेच्ने काम भयो। यसमा हाम्रो र कम्युनिष्ट पार्टीको भूमिका थिएन। पछिल्लो महाकाली सन्धि गर्दाखेरि त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ। उसको दाबी पुग्छ। तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ। मान्छेलाई बेवकुफ बनाउनको लागि चुच्चे नक्सा ।
यो विवादित अभिव्यक्ति दिएपछि महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधेका हुन् । चौधरीले राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा उनलाई कारवाहीको माग समेत गरिएको छ । चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले २०७७ सालमा त्यस पाटीृको सांसद रहेकी सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो ।