~ ऋषभदेव घिमिरे
प्रिय साथी !
जयनेपाल ।
म दुखका साथ लेख्दैछु
पत्र मार्फत
वर्तमानमान समयको कटु यथार्थ
प्रिय साथी !
मलाई खेद छ
तिमीले
धारण गर्न सकेनौं यतिबेला समाजवादको कवच
जपेर मेलमिलापको मन्त्र
पालन गर्न सकेनौं
समाजवादी उत्तरदायित्व
तिम्रो नाममा
यतिबेला
लेख्न बाध्य भएको छु म
सुम्निमाले क्षतविक्षत पारेका
सरणार्थी सम्बन्धि फाइलका कथाहरू
मेरा उत्तराधिकारीहरू
दोषी चस्मा लगाएर
भ्रष्टाचारीहरुसंग गर्धन जोडेर
देशलाई भड्खालोमा लैजादै छन्
भन्ने संकेत गर्दैछन् सुवर्ण र गणेशमान
शाशन सत्तामा स्वेतभैरवीको ताण्डव देखेर
मन विचलित छ
तीन घुम्तीमा अलमलिएको छ
प्रजातान्त्रिक समाजवाद
बाबू, आमा र छोराबिच बेमेल छ
बेमेलको सिकार छ आन्तरिक राजनीति
नरेन्द्र दाइ मुनिया खोज्दै हैरान छन
हिटलर र यहुदीको जस्तो चरित्रले
कसरी पुग्ला र छाप्रोमा दूध दिने गाई होस् भन्ने
सपनाको झल्को
प्रिय साथी !
मेरो स्मृतिमा गाइने
श्रद्धाञ्जलीको ओठे भक्तिले
मेरो आत्मा झन रोएको छ
लाग्छ फेरि
इमान्दार मान्छेहरू सुन्दरीजल जेलमा
कैदी भएर बस्न बाध्य पो हुने हुन की ?
भो अब कसैले पनि लेख्न नपरोस्
जेल जीवनको अर्को जेल जर्नल
मेरो आत्मवित्तान्त पढ्नु र मनन गर्नु
मेलमिलापको नीति अवलम्बन गर्नु
न गर्नु सत्ता साझेदारीमा अपवित्र गठबन्धन
प्रिय साथी !
तिमीले भिर्न नपरोस् भ्रष्टाचारीको बिल्ला
न विलाओस् उग्रवादको उन्युधारिमा
आफ्नो स्वाभिमान र अस्तित्व
जोगियोस् तिमीद्वारा देशको अस्मिता
फेरियोस् आमाको मुहार
चाडैं पूरा होस् मैले देखेको
समाजवाको सपना ।
उहीँ तिम्रो प्रिय जननेता
विशेश्वर कोइराला
काँग्रेसधाम, बैकुण्ठपुरी
प्रतिक्रिया