देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माधव नेपालको पार्टीमा म छैन- प्रेम आले

देशान्तर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफु पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफु पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफु नरहने जनाए । आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए ।

नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका उनले नेकपा एस भने नफर्किने बताउँछन् । उनी आठ महिनाअघिदेखि नै पार्टीमा सक्रिय नभएको भन्दै अब माधव नेपालको पार्टीमा नबस्ने बताउँछन् । बिहीबार मात्र दिल्लीबाट काठमाडौं फर्किएका उनी अहिले आफू स्वतन्त्र भएको बताउँछन् ।

भविष्यमा अरु राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए । कम्युनिष्ट पार्टीमा सक्रिय हुने हो वा डेमोक्र्याट पनि हुने भन्ने प्रश्नमा उनले कुनै विचार बनाएर आफू नबसेको बताए ।