देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउदैनौं- डा. महत

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दिर्घकालिन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताए ।