देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादीमा पद भागबन्डा गरी सर्वसम्मति

देशान्तर


काठमाडौं । नेकपा एमालेबाट अलग भई गठन भएको नेकपा एकीकृत समाजवादीको आज आइतबारदेखि सुरु हुने दसांै दाबी गरिए पनि पहिलो महाधिवेशनमा सुरुमा अध्यक्षलगायत प्रमुख पदहरूमा निर्वाचन नै हुने दाबी गरिए पनि सबैको इज्जत जोगाउन पद सिर्जना र भागबन्डा गरी सर्वसम्मतिमा नेतृत्व चयन हुने करिबकरिब निश्चित जस्तै देखिएको छ ।
निर्वाचनबाट नेतृत्वमा आउन चाहना राख्ने तीनजना आकांक्षीहरूमा बर्तमान अध्यक्ष माधव नेपालले नेतृत्वमा आफ्नो निरन्तरता चाहेका छन् भने सम्मानित नेता खनाल वैचारिक रूपान्तरणको नारा बोकेर अध्यक्षका लागि अघि बढेका छन् । त्यसैगरी महासचिव भुसाल चाहिँ रूपान्तरणसँगै पुस्तान्तरण हुनुपर्ने भन्दै अध्यक्षको प्रतिस्पर्धामा होमिएका छन् । तर अन्ततः माधव नेपालले नै निरन्तरता पाउने लगभग निश्चितजस्तै देखिएको स्रोतले बताएको छ ।
नेतृत्वका लागि तीन आकांक्षी भए पनि सचिवालय बैठकले गरेको निर्णयलाई हेर्दा यो कार्यकाल नेपालकै नेतृत्वमा पार्टी पदाधिकारीको व्यवस्थापनको खाका कोरिएको अनुमान लगाउन सकिन्छ ।


नेकपा एकीकृत समाजवादीले सम्मानित नेताको पद यथावत् राख्दै २१ सदस्यीय पदाधिकारीमा वरिष्ठसहित ७ उपाध्यक्ष पद सिर्जना गरेको छ ।त्यसैगरी ७ उपाध्यक्षमा १ महिला, १ मधेसी, अरू खुला रहने निर्णय गरेको छ ।एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ। पदाधिकारी चयन सर्वसम्मत बनाउन नेकपा एसका नेताहरू लागिपरेका छन् ।समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय गरेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुंगियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताएका थिए । उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुंगिनुपर्ने भनाइ राखेका थिए । नेपाली समाजमा भएका हरेक ठुल्ठुला उथलपुथललाई आफ्नो पार्टीले नेतृत्व गरेको भन्दै उनले घटनाक्रमलाई निर्णायक मोड दिने पार्टी एकीकृत समाजवादी नै भएको उनले बताए । सोही पत्रकार सम्मेलनमा समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको स्पष्ट पारे । उनले महाधिवेशनको मुखमा नेताहरूबीचको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताएका यसअघि अध्यक्षमा भुसाललाई खनालले समर्थन गरेको खबर सार्वजनिक भएको थियो । त्यस्को भोलिपल्ट खनालले त्यस्को खण्डन गरेका थिए । खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुंगोमा पुग्ने जिकिर गरे । उनले २१ जना पदाधिकारीभित्रको कुन पदमा बस्ने भन्ने विषयमा छलफल गर्ने र छलफलबाट कस्लाई कुन सिटमा राख्दा पार्टी गतिशील हुन्छ भन्ने निष्कर्ष चाँडै निकाल्ने खनालको भनाइ थियो ।


त्यसैगरी, समाजवादीका महासचिव घनश्याम भुसाललेपनि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने बताएका थिए । भुसालले पार्टीले सबै असहमतिहरू हल गरेर नयाँ नेतृत्व चयन गरिने बताए । उनले पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने जिकिर गरे । यतासत्तारूढ दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रका नेताहरूले पनि महाधिवेशनप्रति चासो राख्दै एमाले र माओवादी केन्द्रले नेकपा एसको नेतृत्व आफू अनुकूलको ल्याउन लविङ गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसको नेतृत्वमा नेपालको निरन्तरता चाहेको बताइन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना खनाल अध्यक्ष होऊन् भन्ने रहेको र एमालेभित्रका युवा नेताहरू भने भुसालको पक्षमा रहेको बुझिएको छ ।महाधिवेशनको उम्मेदवार बन्नको लागि नेकपा एसले योग्यता तोकेको छ । एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरूले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै, अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसैगरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने उल्लेख गरेको छ । समाजवादीले दसौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १,८४७ प्रतिनिधि छनोट गरेको छ ।