देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एसको २१ अब सदस्यीय पदाधिकारी

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउने निर्णय गरेको छ। ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने छन् । समाजवादीले सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ। अहिले सम्मानित नेतामा झलनाथ खनाल छन्।

एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ। सचिवमा दलित, जनजाति र महिलाबाट एक एक जना ल्याइने भएको छ।

अब नेकपा एसले अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ।