देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिभित्र अपराधिकरण भैरहेको छ : शेखर कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधिकरण भैरहेको बताएका छन् । उनलृे राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुति गर्न नपाएको पनि बताएका छन । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पछिल्ला दिनहरूमा राजनीतिज्ञ, व्यावसायी र कर्मचारीहरू एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन् तब विद्यमान ऐन कानूनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।’

कोइरालाले चारैतिरबाट देश संकटमा परेको र रेमिटेन्सले देश चलिरहेको उल्लेख गरे । उनले आर्थिक अवस्था राम्रो नभएको र यस्तो अवस्थामा देश जति बेला पनि कोल्याप्स गर्न सक्ने बताए ।
कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफूहरू सरकार ढाल्ने काममा लाग्ने पनि बताए ।