देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा सत्ताको आँखा नपर्नु दुर्भाग्यपूर्ण : डा.डिला सग्रौला

देशान्तर

मुगु । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले महागठबन्धनबाट बनेको बर्तमान सरकारले कर्णालीबासीको भावना र उज्यालो कर्णालीमा साथ दिन नसकेको बताएकी छिन् । सरकारको नजर कर्णालीमा नपरेको उनको भनाइ छ ।

नेपाली कांग्रेस मुगुले बुधबार गमगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम अन्तरक्रियामा बोल्दै डा.सग्रौलाले सरकारको गति, चाल, ढंग र प्रतिबद्धता नभएको उल्लेख गर्दै सत्ताको आँखा कर्णालीमा नपरेको बताइन ।

‘एमाले, माओवादीसहितको सरकारले गरिवि, अशिक्षा र रोजगारीका क्षेत्रमा काम गर्न सकेको छैन । भ्रष्टाचारमा लिप्त छ । सहकारीको बचत रकम अपचलन गरेर बसेको छ,’ उनले भनिन्,‘गरिबलाई झन गरिब बनाउने, सर्वहारा बर्गहरुको पार्टी भन्नेहरुले मजदुरहरुलाई दमन गर्ने, महिलाहरुमा जागरण ल्याउँछु भन्नेहरु दमनमा व्यस्त भएको, युवालाई रोजगारी दिन्छु भनेर बजेट ल्याउनेहरुले लाखौं युवाहरु विदेश पठाइरहेको छ ।, कतिपय युवाहरु तातो घामबाट पिल्सिएर बक्सामा फर्किन वाध्य छन् ।’

कार्यक्रममा डा। सग्रौलाले कर्णालीले कांग्रेस बचाएको उल्लेख गर्दै कर्णालीमा संस्कार, भावना, जागरण रहेको बताइन । उनले कर्णालीबासी नेताहरुसँग आशावादी रहेको र लोकतन्त्रको अनुभुती गर्न नपाएको एवम विकासमा पछाडि परेकाले उज्यालो कर्णाली बनाउन कांग्रेसले काम गरिरहेको दाबी गरिन ।

सदन र सडक दुवै ठाउँमा हुँदा कांग्रेसले कर्णाली नविर्सिएको जनाएकी संग्रौलाले एउटा अठोट र संकल्प गर्नका लागि कर्णाली भ्रमणमा आएको बताइन । ‘हामी कांग्रेसको दस्तावेज बनोस भनेर आएका हौं । आगामी दिनमा कर्णालीलाई सँगसँगै लाने बचन दिन आएका हौं,’उनले भनिन् । उनले समृद्ध कर्णाली बनाउनका लागि सडक र सदनबाट खबरदारी गरिरहने बताइन ।

उनले आगामी स्थानीय तह निर्वाचनमा ४० प्रतिशत महिलालाई मेयर, उपमेयर र वडाध्यक्ष दिनुपर्ने बताइन । कांग्रेसले आचरण र प्रबृत्ति सुधार्नुपर्ने औंलाइन । ‘कांग्रेस बचाउन नसके मुलुक बन्दैन । लोकतन्त्र जोगिदैन । त्यसैले मन, बचन र कर्मले कांग्रेस बचाउन लागौं, सहयात्रामा सँगै हिडौं,’ उनले भनिन ।

पूर्वमन्त्री एनपी साउद, पार्टीका केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाहलगायतका नेताहरु संग्रौलासँगै पार्टीका अगुवा कार्यकर्ता भेटघाट र अन्तरक्रियाका लागि कर्णाली यात्रामा छन् ।