देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१२ जेठमा गजल मुशायरा ४

देशान्तर

काठमाडौँ । नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको गजल मुशायराको चौथो शृङ्खला यही १२ जेठमा गर्ने भएको छ ।

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा दिउँसो १२ः३० बजे हुने यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा निस्तेज आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

खुला प्रवेश गरिएको मुशायरामा दुईवटा साङ्गीतिक गजल प्रस्तुतिसँगै डा भोजराज घिमिरेको नयाँ गजल कृति नादको विमोचनसमेत गरिने प्रतिष्ठानका सचिव अनजान यात्रीले बताए ।

नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ ।

यसअघि गत १७ चैतमा प्रतिष्ठानले बृहत् साङ्गीतिक गजल गुञ्जनु सम्पन्न गरिसकेको छ । यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ ।