काठामाडौं । चुच्चे पाटी महांकालमा रहेको ईजी डेन्टलले असारमा एक महिना सम्म निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ ।
दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले वञ्चित हुन् नपरोस् सबैको लागि सहज होस् सुलभ होस् भन्ने उद्देश्यका साथ असार १ गते देखि ३१ सम्म एक महिने शिविर सञ्चालन गर्न लागेको हो ।
समाज र स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव लिएका सञ्चालकबाट सञ्चालित यस ई जी डेन्टल ले शुभारम्भ को अवसरमा शिविर सञ्चालन गर्न लागेको निर्देशक अजय रेग्मीले जानकारी दिएका छन् ।
शिविरमा निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श ,निःशुल्क दाँत सफा गर्ने , ११ वर्ष सम्मका बाल बालिका र बच्चा र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको दाँत निकाल्ने, मुखको क्यान्सर सम्बन्धी चेक जाँच , दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट र मात्र ३५ सयमा जरा देखीको उपचार (RCT) सेवा प्रदान गरिने पनि रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया