देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले शुक्रवार विशेष पत्रकार सम्मेलन गर्ने

देशान्तर

काठमाडौं । नेकपा एमालेले शुक्रवार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भोलिबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको एमालेले जनाएको छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । यसैबीच भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ ।
एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै गएर पार्टीको तर्फबाट निम्ता दिएका हुन् । भट्टराईले निमन्त्रण पत्र हस्तान्तरण गर्दै अध्यक्ष केपी शर्मा ओलीको सन्देश सुनाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको विशेष समारोहमा एमालेले अन्य विभिन्न दलका शीर्ष नेतालाई पनि अतिथिका रूपमा निम्त्याएको छ ।