देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

देशान्तर

काठमाडौं । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई अस्पताल लगिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।