देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदेशी मुद्राको बिनिमय दरः युरोको भाउ १४२ रूपैयाँ बढी

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण सार्बजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९७ पैसा कायम रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा कायम हुदाँ अष्ट्रेलियन डलर १ को खरिददर ८५ रूपैयाँ ८९ पैसा तथा ८६ रूपैयाँ २८ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९२ पैसा तथा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ । 

साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ५५ पैसा तथा बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।