देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको संसदीय कार्यसमिति र दलको बैठक मंगलबार

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेसले मंगलबार बिहान ७: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।