देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मृति

स्मृतिमा परशु प्रधान


परशु प्रधान मेरा साहित्यिक र समकालीन मित्र हुन् । उनका घनिष्टतामा त पर्दिनँ तर कहिल्यै सम्बन्ध नबिग्रेको समकालीनमा भने पर्दछु । सम्बन्धहरूमा आरोह–अवरोह आज धेरै बढेको देखिन्छ । खासगरी साहित्यिक सम्बन्धमा । दिनरात भेटिरहेको छ घनिष्ट पनि छ तर मनमनै सोचिरहेको छु, यो अत्यन्त निकृष्ट व्यक्ति हो । यस्तो मसित भन्ने साहित्यकार छन्, नाउँ जरुरी छैन । प्रकृतिको कुरा हो । 

परशु र मेरो सम्बन्ध भने यस्तो आरोह–अवरोहदेखि जोगिएको थियो । एउटा कारण त यो हुन सक्छ, भेट कम हुन्थ्यो, त्यसकारण जहिले हुन्थ्यो, आरोह अवरोहदेखि मुक्त हुन्थ्यो । 

कुनै बेला, युवावस्थामा भने परशुसँग मेरो बढी भेट हुन्थ्यो । बैठकी हुन्थ्यो, गफसफ हुन्थ्यो, सँगै घुमिन्थ्यो पनि । 

परशु प्रधान लगभग मेरै उमेरका हुन् तर उनी मभन्दा अघि नै प्रकाशित भएका थिएनन् चर्चित पनि भइसकेका थिए । 

परशुसँग मेरो प्रथम परिचय गराउने विनोद दीक्षित थिए । उनीहरू पहिल्यैदेखि परिचित र मित्र थिए । त्यसबखत परशु प्रकाशित र परिचित भइसकेका थिए । म अझै प्रकाशित हुन संघर्षरत नै थिएँ । 

परशु प्रधानमा बहुमखी प्रतिभा थियो । कविता, कथा, उपन्यास तीनै विधामा उनको कलम चल्थ्यो । पछि उनी कथाकारका रूपमा प्रसिद्ध भए । उनका कथामा विविधता छ । उनले यौनकथा पनि लेखेका छन् । प्रतीकात्मक कथा पनि छन् । राजनीतिक सामाजिक विषयका कथाहरू छन् । सब सफलमा होइन, कथा विधाको उचाइ छोएका कथा छन् । जे लेखे, वास्तविक कथाकार भएर लेखे । पहाडको गाउँले जीवनको मार्मिक चित्रण गर्नमा उनी सिद्धहस्त थिए । त्यहाँको गरिबी, अन्धविश्वास र सरल जीवनशैलीलाई उनले चित्रकारले झै जीवन्त बनाएका छन् । 

परशु अरू लेखकको धेरै टिप्पणी गर्दैन थिए । लेखनबारे, आफ्नो लेखनबारे अन्तर्वार्ता दिएका छन् उनले । उनले एकपटकको अन्तर्वार्तामा मनपर्ने लेखकमा मेरो नाउँ पनि लिएका थिए । 

पछिका दिनहरूमा ठाउँठाउँमा बेलाबेलामा बैठकी गरेका थियौं, परशुको सहभागितासहित । केही साहित्यिक पिकनिकमा पनि सँगै हुन्थ्यौँ । कुनै पार्टी त उनैको संयोजकत्वमा भएको थियो, जसमा म पनि आमन्त्रित थिएँ । 

उनी एक समर्पित लेखक थिए । एक पटक मनमोहन अधिकारीले साहित्यको महत्व बुझेर मसँग केही पुस्तकहरू मागे । मैले दिएका पुस्तकहरूमा परशु प्रधानको एक कथा संग्रह पनि थियो । 

परशु प्रधान संघर्ष गरेरै जीवनको मार्गमा हिँडेको देखिन्छ, तर उनका सफलता पनि कम छैनन् । सबभन्दा ठूलो सफलता उनको लेखन नै हो जुन उनको आफ्नो । उनका कथाले हाम्रो समाज चिन्न सहायता गर्छन् । उनीमाथि केही शोध कार्य भएको छ, म जान्दिनँ । तर हुनु पर्दछ भन्ने लाग्दछ । उनी पुरस्कृत पनि भएका छन् । मेरो उनीसित एउटा पुरस्कार समारोहमा भेट भएको थियो । उनी पुरस्कृत भएका थिए । उनका साथ म पनि पुरस्कृत भएको थिए । त्यसबखत स्टेजमा केही छिन कुराकानी भएको थियो । त्यसबखत कमजोर देखिन्थे । त्यो कमजोरीका कारण थियो र रोगका कारण पनि । त्यही परशुसँग मेरो अन्तिम भेट थियो । म उनलाई सम्झँदै उनलाई श्रद्धाञ्जली दिन्छु । 

०००

प्रसंग बदलियो एक्कासी आँगनमा गुरुको प्रवेश भएपछि उनी एउटा रित्तो झेला झुन्ड्याउँदै आइरहेका देखिए । भेटेपछि भने गुरु त्यो रित्तो झोला लिएर कता हिँड्नु भएको ? गुरुले भने किन्न त तिहुन, तरकारी नै किन्न हिँडेको हो तर दस दिनमै यति बिघ्न महँगो भएछ ? आँट बटुल्दैछु ।

त्यतिकैमा गुरुको अर्काे एवं चेलाकै गुरुकै शैलीमा प्रवेश भयो । उसको हातमा पनि चेलो भन्थ्यो– तपाईं मेरा पूज्य गुरु हुुनुहुन्छ । त गुरुदेव शब्द बोल्ने हो माने जरुरी छैन । शब्द आफंैले माने खास नजाने पनि, थर्काउन काम लाग्छ । उथलपुथल त्यस्तै शब्द हो । सत्तामा बस्नेको उथलपुथल के हो ? मन्त्री फेर्ने कि गठबन्धन फेर्ने, या गठबन्धन बनाउने कि पुरानै चलाउने । उथलपुथल भन्नाले यही भनिन्छ । देशमा किसानहरू मूल्य नपाएर त्यो दूध, गोलभेँडा, सडकमा फ्याँक्दै हिँडिरहेका छन् । न्यायको खोजीमा दिनरात हिँडेर धर्ना दिँदैछन्, त्यो उथलपुथल देखिएन । पीडित मान्छेले उथलपुथल गर्नु भन्नेहरूले शब्द पाएर बोलेका हुन् । त्यसको तात्विक अर्थ त कति होला र ?

गुरुले भनेर गम्भीर भए । “हेर बाबु हो” गुरुले भने यी देश विकासतर्फ लम्किँदैछ, त्यसका लागि नयाँनयाँ शब्दले जनता रिझिएला अथवा चकित होला भने यस्तो शब्द जनताबीच हुत्याइन्छ, जसले जनतालाई लागोस् उहाँ हाम्रा नेताहरूमा विद्वताको कमी छैन । केही समयअघि गुरुले भने– “तिमीहरूले सुनेकै होलाऊ, रोडम्याप वा मार्गचित्र भन्ने शब्दको बिगबिगी थियो । प्रत्येक नेताको मुखमा मार्गचित्र थियो । अब त्यो शब्द प्रयोग गर्दागर्दा यति थोत्रा भएछ कि केही त्यसको उच्चारण गर्दैन । अहिले चलनचल्तीको अनिवार्य महालोकप्रिय शब्द बनेको छ ‘भाष्य’ प्रत्येक नेता भाष्य भनिरहेको छ । यो भाष्य भएन र यो भाष्य भयो । के हो यो भाष्य ? तिनलाई त्यसको माने कति थाहा छ कुन्नि, तर प्रयोग सटिक छ । त्यसकारण देश भाष्यले गुञ्जित छ । अब नवप्रवेशी आएको छ, जनताका लागि ‘उथलपुथल’ । 

गुरुले भने, उथलपुथल राम्रो अर्थमा भनिएको होला, तर उथलपुथल मेरो जानेसम्म राम्रो शब्द होइन । यो शब्द क्रान्ति वा अग्रगामी जस्तो बलियो र सकारात्मक शब्द जस्तो लागेन । अरू त वक्ताले बोल्छ, नेताले सुन्छ कि बुझ्छ कि बुझ्दैन, त्यही अवश्य होक्छ ।