देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महरालाई हाजिर जमानीमा रिहा गर्ने तयारी

देशान्तर

काठमाडौँ । कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेका हुन् ।


२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।