देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेसिन र मानिस


खण्ड क

मानिस चेतनशील प्राणी हो । मानिसको चेतनाशक्तिले विचार, धारणा, संवेदना, भावना र अनुभवलाई सँगालेर निर्णयहरू लिने र आफूलाई जागरुक गराउने गर्दछ । विज्ञानले जति विकास गर्दै गइरहेको भए पनि मानिसको जटिल र बहु–आयामिक घटनाक्रमलाई सहज आत्मसात् गर्न सक्ने देखिँदैन । मानव चेतना उसको व्यक्तिगत अनुभव, आत्म जागरुकता र आफूलाई आत्मनिरीक्षण गरी सोहीअनुसारको विचार निर्माण गर्न बहुआयामिक लक्षणयुक्त क्षमताको आध्यात्मिक स्वरूप पनि हुन सक्छ । मानिसमा अमूर्त सोच, कल्पना, रचना, नैतिकता र सोही अनुरूप चराचर जगत्लाई बुझ्ने, बुझाउने अनि विश्वाससाथ निर्णय लिने र सोही अनुरूप अर्थपूर्ण अन्तक्रिया गराई सहभागी हुने क्षमता रहन्छ । यति अद्वितीय प्रकृति मानिसबाट सिर्जित मेसिनमा भने केही सीमितता रहेको छ ।

मेसिनमा प्रोग्राम गरिएको एल्गोरिदम र कृत्रिम बुद्धिमत्ता राख्न सकिन्छ । मेसिनमा कृत्रिम बुद्धिमत्ता गाभिनासाथ मानव व्यवहार र अनुभूतिका पक्षहरू मेसिनले पनि अनुभूत गर्न सक्छन् कि भन्ने बुझाईं तपाईं हामीमा पनि भेटिन्छ । तर हामीमा प्राविधिक ज्ञानको यथेष्टता छ भने बुझ्नुपर्ने कुरा के छ भने आजको समयमा विज्ञानमा धेरै व्यक्तिहरूको सामूहिक बौद्धिकताको योगफल समेटेर ती सामूहिक विचारहरूको गणितीय समाधान गरी साझा निर्णय गर्ने सक्ने क्षमता विकास भइसकेको छ । यति धेरै विद्वानहरूको आत्मजागरुकताबाट सिर्जित सोचहरूको एकीकृत रूपलाई मेसिनले पूर्वनिर्धारित नियम र निर्देशनबाट मात्र अग्रता लिन निश्चित रूपमा नै सक्दैन । 

कृत्रिम चेतनाको निर्णय गर्न पनि सामूहिक विचारको साझा गणित गरिरहेको आजको विज्ञानलाई अहिलेको विश्व परिवेश जसरी एकात्मक विश्व शक्ति राष्ट्रको सोचबाट चलेको छ त्यो नै बाधक पनि हुन सक्छ । आज सबै संस्कृति, परम्परा र जिनहरूको अस्तित्व समान हुन् भन्ने विचार स्थापित भइसकेको छ ।

यसरी हेर्दा बिश्व बहुध्रुवीय सोच र शक्तिमा चलेको बुझ्न धेरै गाह्रो छैन् । अतः मेसिनले कृत्रिम चेतनाको निर्णय गर्न पनि यी सबै संस्कृति, परम्परा र जिनहरूको अस्तित्व समान हुने र ती सबै अस्तित्वहरूमा कतै कुनै तबरले चोट नलाग्ने गरी वा भनौं कुनै सिद्धान्तमात्र हावी हुने गरी गर्न मिल्दैन ।

कृत्रिम बुद्धिमत्ता रहेको मेसिन आफूलाई प्राप्त सूचनाहरूको आधारमा परिस्कृत हुँदै जाने क्षमताको हुने कारणले पनि कुन सामाजिक परिवेशमा जडान गर्दै गर्दा त्यही वातावरणमा घुलमिल गरेर आफूलाई तत्अनुरूपको वातावरणमा आवधिक गरायो भने समान अस्तित्वको सिद्धान्तमा काम गर्नुपर्ने भूमिकाबाट विमुख हुने सम्भाबना रहने खतरा देखिन्छ । अझ हाम्रोजस्तो देश नेपाल जो हिमवत् खण्डको मुटु रहेको छ यो मुटुमा प्राकृतिक गणितअनुसार नै हजारौं जिनहरू समावेश थियो । आज पनि १२५ हुँदै १४८ थरी मानवीय जिनहरू हाम्रो देशमा अस्तित्वमा छन् । यस्तो विषम परिस्थितिको देश नेपालको सबैभन्दा पुरानो लिखित दस्ताबेज वेदका अनुसार लगभग ८४ लाख हाराहारीमा रहेको जिनको समान अस्तित्व विचार गरेर प्राप्त सूचनाका आधारमा आफ्नो कृत्रिम बुद्धिमत्तालाई परिस्कृत गर्ने क्षमतामा मेसिनले काम गर्न धेरै जटिल छ । लगभग ८४ लाख हाराहारीमा रहेको जिनको उत्कृष्ट जिन मानिएको मानिसको सृजना सर्वश्रेष्ठ मानिन्छ । 

सत्य के हो भने अहिलेसम्म बुझेको र देखेको पनि पृथ्वीमा मानिस नै सर्वश्रेष्ठ प्राणी कायम छ । यति हुँदाहुँदै वैज्ञानिकहरू पनि भोलि आफैंले सिर्जना गरेको मेसिन सर्वश्रेष्ठ हुने अवस्थामा यसका लागि हामी तयार हुन सक्नु पर्नेमा चिन्तित छन् । अझ अचम्म त के छ भने पुराना केही अप्रमाणित कुराहरू जुन समाजमा उपलब्ध शास्त्रहरू भित्र जसरी लिखित छन् यद्यपि आजको विज्ञानका लागि प्रमाणित छैनन् र पनि आजको विज्ञानले प्रमाणित गर्दै गर्दा हुबहु मिलेका छन् । मानिसको बन्धनबाट AI समेत विकास भई रहेका र हुँदै गरेका मेसिनहरू मानिस र मानव समाजबाट पर नउछिट्टियोस् भन्ने कुरामा सजग छन् । यसका लागि हामी पुराना केही अप्रमाणित कुराहरू जुन समाजमा उपलब्ध शास्त्रहरूभित्र जसरी लिखित छन् तर आजको विज्ञानका लागि प्रमाणित छैनन् र पनि आजको विज्ञानले प्रमाणित गर्दै गर्दा हुबहु मिलेका छन्  त्यसका बारेमा पनि चर्चा गर्ने छौ ।

यहाँ कसले गुरुत्वाकर्षण बल पत्ता लगायो भनेर आधुनिक विज्ञानको एक पात्रको लेखन गरे जस्तो वा जे लिखित र प्रमाणित छ त्यसैको आधार लिएर सभ्यता डोर्‍याउनुपर्ने अवस्थालाई हाम्रो आजको यथार्थ भन्ने बुझ्नु नै पर्दछ । प्रस्ट्याउन नसकेको अझ के छ भने ‘योजनानांं सहश्राणी दुरे भुवः स्थितो रवि’’ अर्थात् युग सहस्र योजन पर भानु’’ भनेर जो पृथ्वी र सूर्यको दूरी हनुमान चालिसामा व्याख्या गरिएको छ त्यो आधुनिक विज्ञानमा प्रमाणित गर्न प्रकाशको दूरीको मापन र खगोल विज्ञानको आजका सन्दर्भको प्रमाणित तथ्य पछि मात्र पाठ्यपुस्तकमा निर्धारण गर्नुपर्ने वैज्ञानिक दृष्टिकोण पनि नाजायज भनिहाल्न मिल्दैन । तर १२ हजार (युग) गुणा १ हजार (हजार) गुणा १२.८७ (योजनलाई किलोमिटरमा रूपान्तरण गर्दा) जति हुन आउँछ त्यो हिसाबले हुने लगभग १५ करोड किलोमिटर नै हो । १४ करोड ९० लाख किलोमिटर अहिलेको विज्ञानको हिसाबले जे हुन आउँछ त्यसमा दुरुस्तता छ । अझ यसमा के छ भने बह्माण्ड आफ्नो गतिमा कति फैलँदै छ र यो कहिले लेखिएको हो पनि हिसाब गर्दा सायद पूर्ण रूपले Synchronize हुन्छ ।  

यस्तो किन हुन्छ भन्दा पनि हामी फरकफरक विचार प्रस्तुत गर्न सक्छौ । किनकि मैले यो आलेखको अगाडि पनि उल्लेख गरे हामी ८४ लाख जिनभित्र सर्वश्रेष्ठ जिन मानिस मात्रलाई आधार मानेर कुरा गर्दा नि मानिसका जात, धर्म, संस्कृति, परम्परा र भूगोल फरकफरक हुँदा त्यसले पार्ने सोच र प्रभावमा  अद्वितीय पहिचान राख्दछ । 

त्यसमा विचलन नआउने गरी जागरुकताका साथ समाजमा चल्नु पर्दछ भन्ने सर्वमान्य विचार स्थापित भइसकेको छ ।  त्यही कारण यहाँ कसले गुरुत्वाकर्षण बल पहिला पत्ता लगायो भन्ने मात्र ठूलो विषय होइन । प्रकाशको गति पत्ता लगाउन आजको विज्ञानलाई कति समय लाग्यो त भन्ने विषयमा नि चर्चा गरौं । किनकि यदि प्रकाशको गतिकै आधारमा पृथ्वी र सूर्यको दूरी मापन गर्न सकिएको पनि हो । यदि प्रकाशको गति मापन नगरेको भए आज यो ब्रम्हाण्डको खोजी गर्न कठिन थियो । त्यसैले यी आधुनिक खोजी र रहस्यका विषयमा आउँदो आलेखमा चर्चा गर्नेछु । क्रमशः 

(आलेखकार वरिष्ठ इन्जिनियर कुमार भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका अध्यक्ष हुन् ।)