देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन

देशान्तर

काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी थपिएपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन गरिएको हो ।
समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघिकोे ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।

तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको हो । राष्ट्रियसभा उपाध्यक्षबारे छलफल गर्न एमाले तयार भएपछि संशोधनसहित नयाँ सहमति भएको हो ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।