देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेसिनको विकासक्रम र जीवनशैली


यो आलेख लेख्दै गर्दा प्रयोग भएको कलम, कम्प्युटर, प्रिन्टरलगाायत सबै मेसिन नै हुन् । विकासक्रमअनुसार मेसिनको आकार र क्षमतामा आमूल परिवर्तन आइरहेका छन् । अघिल्ला आलेखहरूमा हामीले प्रयोग गर्दै आएको बन्चरो जो बल र गतिको माध्यमबाट मानिसले चाहेको काम सहज गरिदिन्छ वा मानिसले प्रयोग गर्दै आइरहेको भाला, खुकुरी वा बन्चरो जे पहिला हतियारको रूपमा विकास गरेर मानिसले आफूलाई मेसिनमैत्री बनायो, त्यसका बारेमा चर्चा गरेको थिए ।

मेसिनका विकासक्रमले मानिसको जीवनशैलीमा सहजता थपिँदै गएको छ, सुबिधा मात्र नभई अब त हामी मेसिनमा एआई प्रयोग गर्न थालेका छौ । एआई यानिकी कृत्रिम बुद्धिमत्ताको मेसिनमा हुने प्रयोग र कृत्रिम बुद्धिमत्तासमेतको मेसिनको प्रयोगले मानब जीवनशैलीमा ल्याएको परिवर्तन अत्यन्त महत्वपूर्ण छ । समग्र समाजको विकासमा मात्र नभई स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा एआई ले पुर्‍याएको उपलब्धि २१औं शताब्दीको प्रविधि विकासको क्षेत्रको ठूलो उपलब्धि रहेको छ । मेसिन विकासक्रमलाई बडो सचेत तबरले नियाल्दै र आफूलाई अझ मेसिन मैत्री बनाउन आजका मानिसका लागि अपरिहार्य भइसकेको छ ।  मानिसले आफूलाई मेसिन जत्तिनै फुर्तिलो बनाउनुपर्ने बाध्यता छँदै छ । तर नयाँ प्रविधिले जीबनशैलीमा ल्याएको परिवर्तनले हामीलाई निश्चित रूपले धेरै फाइदाहरू पुर्‍याएका छन् ।

प्रविधिका कारण जीवन जति सहज भएको छ त्यति नै प्रविधिको उपयोगको लतले हामीमा बिभिन्न समस्या पनि सिर्जना गर्दै गइरहेका छन् । हामी धेरैले याद गरेको हौला, मोबाइल आउनुभन्दा पहिले धेरै साथीभाइका टेलिफोन नम्बरहरू हामीलाई स्मरण हुन्थ्यो । आजभोलि हामीले हजारौं नम्बरहरू हाम्रो मोबाइलमा भण्डारण गरेर राखेका हुन्छौ, यसले हजारौं टेलिफोन नम्बरहरू खोजेको बेलामा मेसिनमार्फत उपलब्ध हुन्छ तर पहिले जस्तो हामीले स्मरण गरिरहेका हुँदैनौं । यसबाट एउटा शंका उजागर भएको छ किः कतै हामी हाम्रो स्मरण क्षमतामा ह्रास ल्याइरहेका त छैनौं ? कतै हामी प्रविधिको उपयोग गर्दै जाँदा हाम्रो स्वास्थ्यलगायतमा परेको समस्यामा कमी ल्याउनको लागि  वैकल्पिक मार्ग छनोट गरी पहिलाजस्तै स्वस्थ्य र फुर्तिलो बन्न कुनै कसर छोडिरहेका त छैनौं ? यी र यस्ता विषयवस्तु जनस्तरमा छलफल गर्नुपर्ने बेला भइसकेको छ । गत मंगलबार राति फेसबुक, इन्स्टाग्राम, मेसेन्जरजस्ता एपहरूमा आउटेजको समस्या देखियो ।

वेभसाइट र एप्समा लगइन् गर्ने प्रयास गर्दा यसको प्रयोगकर्ताहरूले त्रुटिको सन्देशहरू पाए । सामाजिक सञ्जाललगायतका मासिक प्रयोगकर्ता करिब पाँच अर्ब छन् । प्रयोगकर्ताहरूमध्येबाट लगभग एक घण्टाको बीचमा लाखौं आउटेजको रिपोर्टहरू दर्ता गरिए । करिब एक घण्टा प्रविधिको प्रयोग गर्न नपाउँदा प्रयोगकर्ताहरूमा जुन छटपटी देखियो त्यसबाट तपाईं हामी प्रविधिको लतमा कति फसेका छौं भन्ने आकलन गर्न धेरै कठिन छैन । 

विद्युुत्को आपूर्ति केही समयका लागि मात्र रोकिने हो भने हामीले प्रयोग गर्ने मेसिनमा धेरै नै प्रभाव पर्छ । त्यसबाट हाम्रो जीवनशैलीमा पर्ने प्रभाव चाहिँ हामीलाई आकलन गर्न कठिन छ । मेसिन तथा प्रविधिको प्रयोगमा मानिस सचेत हुनु जरुरी छ । मेसिन तथा प्रविधिको लतलाई यसरी नै आदत बनाउँदै जाने हो भने हाम्रो मानसिक स्वास्थ्य हाम्रो नियन्त्रणभन्दा बाहिर पुग्न सक्ने खतरा छ । यसो भन्दैमा आलेखकारको विचार मेसिन नै प्रयोग नगरौं वा प्रविधिको प्रयोग नै नगरौ भन्ने होइन ।

मेसिनमा सामेल एआई ले हामीलाई थाहा नपाउँदो तरिकाले मेसिन प्रयोगको लत विकास गराइरहेको छ । आउँदा दिनमा झन् धेरै उच्चतम प्रविधि सामेल भएका मेसिनहरू बन्दैछन् र बजारमा सहज उपलब्ध हुने अवस्था छ । हरेक देशले आफ्नो उन्नतिलाई मेसिन विकाससँगै गाँसेका छन् । यसमा छिमेकी राष्ट्र चीन धेरै अगाडि आइसकेको छ । यसको प्रभाव नेपालीजनमा पनि पर्ने निश्चित छ । यूएसए, चीन, ताइवान, जापान, जर्मनी, इजरायल, रसिया नयाँनयाँ प्रविधिको आविष्कार गरेर प्रविधिको उच्चतम प्रयोग गरी देश विकास गरिरहेका छन् । इतिहासमा एसिया विकासमा धेरै अगाडि थियो ।   

Abacus, the Sundial, and the Kongming Santern    जस्ता पुराना आविष्कारहरू युरोपियनहरूले मध्ययुगको अन्त्यमा मात्र थाहा पाए । यसरि हेर्दा झन्डै एक हजार वर्षपछि मात्र युरोपियनहरू नयाँनयाँ आविष्कारमा लागेका देखिन्छन् । यस बीचमा उनीहरूले केही विकास गर्दै गरे पनि अब त्यो विकासको सिलसिला फेरि एसियातिर फर्किन लागेको देखिन्छ । 

नवीनतम् प्रविधि र उद्योगको क्षमताको सूचकहरूको आधारमा विश्वभरिका देशहरूमा चीनले आफूलाई अमेरिकाभन्दा अगााडि पुर्‍याइसकेको छ ।

हालसालै चाइनिजहरू आइफोन भन्दा स्मार्टफोन प्रयोग गर्न सुरु गरिसकेका छन् । यसले मानिस आफ्नो प्रविधि रुचाउछन् र हरेक मानिस आफ्नो भुगोल र  स्वाभिमान रहन्छन् भन्ने देखाउँछ । व्यापारमा सेन्टिमेन्ट हुँदैन तर मानिस र भुगोलको सेन्टिमेन्ट वस्तुहरूको उपयोगमा देखियो भने त्यसले दूरगामी प्रभाव पार्दछ ।

चाइना ग्रिन टेक्नोलोजिमा आफूलाई विश्वको शीर्ष स्थानमा उम्याइरहेको छ । सोलार प्यानल, High Speed Rail, wind turbines र electronic vechicle (EVS)  मा चीन धेरै अगाडि बढिसकेको छ । अब त चाइनिज वैज्ञानिकहरूQuantum Computing, astronomical observation  र Brain Computer Interface  मा पनि अग्रणी स्थानमा पुगिरहेका छन् । 

अब हामी कसरी बाँच्छौं, काम गर्छौं र हाम्रो वरपरको संसारसँग कसरी सूचना तथा सन्देश आदानप्रदान गर्छौं भनेर पुनः प्रविधिमा छलांग मार्ने क्षेत्र भनेकै एआई, 5G, blockchain, AR, VR, Quantum Computing र LoT नै अब हुने प्रविधि विकासका क्षेत्र हुन् । आगामी आलेखहरूमा २१औं शताब्दीमा मेसिन कसरी विकास भइरहेका छन् र यसले मानव जीवनशैलीमा के के परिवर्तन ल्याउन सक्छन् भन्ने बिषय बस्तुमा आलेखकार थप चर्चा गर्दै जानेछु । क्रमश : 

आलेखकार ब्रोडकास्टिङ  एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष हुन् ।