देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर

देशान्तर

काठमाडौँ । महाशिवरात्रिका अवसरमा दर्शन गर्न आएका भक्तजन लक्षित गरेर बीपी मेमोरियल होम केयरले शुक्रवार पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

आज बिहानै देखि सञ्चालन गरिएको उक्त शिविर वाट सयौँ दर्शनार्थीले स्वास्थ्य सेवा लिएको संस्थाकी प्रबन्ध निर्देशक विनीता रानाले जनाकारी दिएकी छन् ।  शिविर मा , ब्लड प्रेसर , सुगर ,लगायतको निःशुल्क स्वास्थ्य परीक्षण र  अन्य प्राथमिक स्वास्थ्य उपचार सँगै निःशुल्क औषधी समेत वितरण गरिएको संस्थाका कि अध्यक्ष अमृता रोकायले जानकारी दिइन् । 

उक्त शिविरमा विभिन्न स्थानबाट दर्शन गर्न आएका युवा ,युवती , महिला ,पुरुष वृद्ध ,वृद्धाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।  शिविरका लागि आवश्यक पर्ने औषधीहरू विभिन्न सहयोगीहरूले उपलब्ध गराएका थिए । शिविरमा डाक्टरहरू वेद प्रसाद चौरासिया,  अधिराज आचार्य , आदित्या क्षेत्री,   र विनायक साउद सहितका चिकित्सकको समूहले स्वास्थ्य परीक्षण गरेका थिए । शिविर सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले स्थान उपलब्ध गराउँदै आवश्यक पर्ने जनशक्ति , र पूर्वाधार व्यवस्थापन मिलाई दिएको थियो ।   

शिविर मा निःशुल्क पिउने पानी र जुस पनि वितरण गरिएको थियो ।  बीपी मेमोरियल होम केयरले गत वर्ष पनि  महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।