देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृत्रिम बुद्धिमत्ता

देशान्तर

John McCarthy लाई हामीले कृत्रिम बुद्धिमत्ताको जननी भन्न सक्छौ । अमेरिकन कम्प्युटर वैज्ञानिकले कृत्रिम बुद्धिमत्ताको अन्वेषण Alan Turing, Marvin Minsky, Allen Newell र Herbert A समेतको संलग्नतामा मेसिनबाट बुद्धिमत्ताको प्रदर्शन गरिनुलाई Artificial Intelligence भन्न सकिन्छ । मानिस र जनावर कुनै कुनै त बोटबिरुवासमेतले प्राकृतिक रूपमै बौद्धिकता प्रदर्शन गर्दछन् । तर आजभोलि मेसिनले पनि मानिस र जनावरले जस्तै बुद्धिमत्ताका साथ काम गरिरहेका छन् ।

Smart भन्ने शब्द यदि मेसिनको नामको अगाडि उल्लेख गरेको पाउनु भयो भने बुझ्नुहोस् कि AI प्रयोगकर्ता तपाईं पनि हुनुभयो । तपाईंले उपयोग गर्दै गरेको मेसिन, घण्टी लाग्ने घडी अब कसरी परिस्कृत भएर आज तपाईंलाई बिहान घरमा निन्द्राबाट ब्युँझाउने मेसिनले ब्युँझाउँदै गर्दा, बाहिर पानी परिरहेको छ र तपाईं सधैंजसो अफिस जाने बाटोमा पुल भत्किएको छ र तपाईंले वैकल्पिक मार्ग प्रयोग गरी जाँदा एक घण्टा थप समय लाग्छ भनेर सन्देश प्रवाह गर्दै गरेको आवाज दियो भने त्यो  Smart Alarm भनेको नै AI हो भन्ने बुझ्नु पर्दछ । अझ भनौं तपाईंले नाडीमा बाँधेको घडीले प्रेसर हाई भएको छ औषधि खानुभयो ? भनेर एकाएक तपाईंलाई बाटोमा हिँड्दै गर्दा तपाईंका Smartwatch ले सन्देश प्रवाह गर्दै गर्‍यो भने AI तपाईंले प्रयोग गरेका कारण तपाईंको स्वास्थ्यप्रति चिन्ता र Intelligence देखाइरहेको छ भने त्यो नै मेसिनको Intelligence हो ।

तपाईंले घरको भान्छामा प्रयोग गर्ने Induction चुल्हो केही समय अगाडिसम्म Automatic Machine भएकै कारण जति सहजता अनुभूति गर्दै हुनुहुन्थ्यो तर अब यो मेसिन पनि AI समेत थपिएर निर्माण भएर तपाईंको भान्छामा आयो भने, यो मेसिनले अब तपाईंको खानाको स्वाद कस्तो हुँदैछ, कति समयमा खाना तयार हुँदै छ र के के थप सामग्री प्रयोग गर्नु पर्नेछ भन्ने समेत जानकारी दिनेछ । लुगा धुन प्रयोग गर्ने Washing Machine पनि यसै गरी AI थपिएर आउँदा यस प्रकारको कपडा धुन यतिबेर लाग्छ भन्ने बताउन सक्छ । उदाहरणका लागि, ऊनीको लुगा यति समय मात्र धुनुहोस् नत्र तन्किन सक्छ भनेर जानकारी दिन सक्छ वा लुगा धुनुअगावै यदि तपाईंले निश्चित नियमहरू तोकिदिनु भयो भने मेसिन आफैंले धोएर, सुकाएर तपाईंलाई हस्तान्तरण गर्नेछ ।

तपाईंले अनलाइन सपिङका लागि Browsing गर्दैगर्दा Browsing / Buying History को आधारमा तपाईंलाई मन परेका र छनोट गर्दै गरेका सामानहरू नै लगातार तपाईंको Browsing History मा छाइरहनु पनि तपाईंले दिनानुदिन उपभोग गरिरहेको AI हो । यसबाट तपाईं जति अल्छी भए पनि तपाईंको समय भने सदुपयोग हुँदै गइरहेको हुन्छ ।

तपाईंको आर्थिक कारोबार, स्वास्थ्य सेवा यहाँसम्म कि चलाउने मोटरगाडीसमेत AI प्रविधिबाट नै तपाईंलाई प्रत्येक क्षण सघाइरहेका हुन्छन् । कुन कम्पनीको सेयर किनौं वा कति खर्च गरौं वा मेरो शरीरको तौल दुरुस्त राख्न डाक्टरले मलाई Prescribed गरेका विभिन्न पद्घतिमध्ये कुन समयमा के गर्नु ठीक होलासम्म AI ले नै मार्गदर्शन गरिरहेको अवस्था छ । तपाईं जति Advance AI प्रयोग गर्दै जानुहुन्छ, त्यति थप सुविधा प्रदान गर्न मेसिन सबल हुनेछ । यसरी हामी कति Advance AI Technology मेसिनमा थप गर्दै जान्छौ त्यति नै दक्ष र फुर्तिलो मेसिन निर्माण गर्दै जानेछौं ।

यसरी निर्माण गरिने मेसिनलाई मानिसकै रंगरूपमा निर्माण गरी अहिले मोडेल, समाचार प्रस्तोतासमेत बनाउँदै गइरहेको अवस्था छ । Xinhua News Agency / Sogou of China ले समाचार रिपोर्टिङ उद्देश्यका लागि AI विकास गरेका थिए । यदि तपाईंले टेलिभिजन हेर्नुभयो भने छिमेकी देश भारतमा ‘सना’ नामको AI समाचार वाचिकामार्फत आजतक एआई कार्यक्रम चलाउने कार्यक्रम प्रस्तोता रोबर्ट हो । कुबेतमा, फेदा नामको एआई व्यक्तित्वले कुबेत समाचारको लागि समाचार प्रस्तुत गरेको थियो । ग्रीक राज्य प्रसारक ERT ले मे २०२३ मा हर्मेस, एउटा एआई समाचार एंकरको परिचय गराएको थियो भने दक्षिण कोरियाको SBS ले पॉच महिनाको लागि समाचार प्रस्तुतीकरणको लागि AI उत्पन्न डिपफेक Zae In लाई काममा लगाएको थियो । भारत र ताइवानमा यस्तै एआई सिर्जनाहरू देखिएका छन् तर तपाईंलाई लाग्न सक्छ यसरी कार्यक्रम प्रस्तुत गर्ने मानिस नै होला । यसबाट एक संशय पैदा भएको छ, अब के पत्रकारितामा रोबर्टले गरेर पत्रकारहरूको भविष्य माथि नै प्रश्न खडा गर्ने त होइन ? तपाईंले AI लाई आफूलाई मनपर्ने मानिसका लागि कविता लेखिदेऊ भन्दा लेखिदिनेछ भने फिडब्याकका आधारमा अझ परिस्कृतसमेत AI आफैं बन्दै जानेछ, यो तपाईं पत्रकारका निमित्तमात्र होइन कवि, लेखक, कलाकार सबैलाई संशय पैदा गर्ने कुरा त बनेन । 

केही वर्ष पहिला फ्याक्ट्रीहरूमा रोबोटिक प्रयोगले यहाँका मजदुरहरूले पनि ‘ला अब के हुने होला’ भनेर चिन्ता व्यक्त गर्दै आएका थिए । यद्यपि मेसिनको प्रयोगले हामीलाई थप सशक्त र विकसित बनाउने नै हो भन्ने आलेखकारको बुझाइ छ । यद्यपि मेसिन विकासक्रमलाई बडो सचेत तवरले नियाल्दै र आफूलाई अझ धेरै फुर्तिलो बनाउनुपर्ने मानिसको बाध्यता चाहिँ बनेको देखिन्छ । क्रमशः