देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार

देशान्तर

भक्तपुर । भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको हो ।


बेलायत सरकारको करिब ३४ करोड सहयोगमा निर्माण भएको सुविधासम्पन्न उक्त नयाँ भवनबाट सेवा विस्तार गरिएको हो । भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै तीन सय शैयामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शैया सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा विस्तार गरेको होे ।

अस्पतालको थप स्तरवृद्धि गर्दै शय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको अस्तालले जनाएको छ । अबको एक सातामा शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयू, मोडुलार ओटी र मुटुरोग सेवा पनि सञ्चालनको तयारी गरिएको छ ।
रिफर सेन्टरको रूपमा परिणत हँुदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक छ सय बिरामीको चाप पुगेको छ ।