देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै उनले पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताए ।
राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताए । उनले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू खुसी लागेको पनि बताए । संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उनले नेपालका नदीहरु पवित्र रहेको बताए ।

सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं उक्त सर्वसिद्धधिाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेलललाई स्वागत गरेका थिए । आजै राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानकारुपमा रहेको सवालाख श्रीफल (नरिवल) हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच ओटा नरिवल हवन गरे ।


नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा रु ५० करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।


यसैबीच राष्ट्रपति पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले करिब दुई करोड लागतमा निर्माण भएको महाघण्टको को घण्टानाद गरी उद्घाटन गरेका हुन् । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्टलाई दुई साता अगाडि पञ्चकोटमा ल्याइए पनि आजमात्रै विधिपूर्वक स्थापना गरिएको हो । रासस