देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शशांक कोइरालाले गरे नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा हस्ताक्षर

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका सांसद एवम पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा हस्ताक्षर गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा मंगलबार पुगेर कोइरालाले हस्ताक्षर गरेका हुन् ।

अहिलेसम्म ३१ केन्द्रीय सदस्य र ४०० महासमिति सदस्यले अभियानको समर्थनमा हस्ताक्षर गरिसकेका छन् ।