देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रक्तसञ्चार सेवाको आकस्मिक रक्तदान कार्यक्रम जारी

देशान्तर

प्रशिक्षार्थी पत्रकार सुदिक्षा लामिछाने

काठमाडौँ । उपत्यकामा हुने रगतको माग आपूर्ति गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले प्रदर्शनी मार्ग स्थित आफ्नो नयाँ भवन अगाडी आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 

मङ्सिर २२ गतेदेखि जारी रक्तदान कार्यक्रममा दैनिक २० जना रक्तदाताबाट रगत सङ्कलन गर्ने लक्ष्य राखिएकोमा दैनिक औसत १० जनाले रक्तदान गरिरहेको केन्द्रका वरिष्ठ प्राविधिक सहायक चन्द्रा गिरीले जानकारी दिएका छन् । नियमित रक्तदाताहरूले र रक्तदान गरिरहेको जानकारी दिँदै उनले नयाँ रक्तदातालाई पनि रगत दान गर्न आव्हान गरेकी छन् । 

अहिले भइरहेको रक्तदान कार्यक्रम शनिवार बाहेक बिहान ११ बजेदेखि ३ बजे सम्म  नियमित चलिरहेको उनले जानकारी दिइन ।