देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा

देशान्तर


काठमाडौं । प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ ।
गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए अनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको छ ।


‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजा पट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो । अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीहरूलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन् तर उनीहको दावीलाई स्वतन्त्ररूपमा पुष्टि भने गर्न सकिएको छैन ।