काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अहिले सरकार र नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गरे । देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको उनले बताए ।
दैनिक हजारौँ मानिस विदेश गइरहेको भन्दै उनले गुनासो गरे । उनले देश निर्माणका निम्ति कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए । सबै मिलेर देश, जनता र सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया