देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

देशान्तर

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुर्‍याए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिएका हुन् ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । 

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको थियो ।