देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको दवाव

देशान्तर

काठमाडौं । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् ।