देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा सत्तारुढ गठबन्धन दलको समर्थनमा आङ्बोको मुख्यमन्त्रीमा दाबी : एमालेका ३९सांसदको हस्ताक्षर सहित कांग्रेस नेता कार्कीको चुनौती

देशान्तर

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्की पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री दाबी पेस गर्न तयार गरिएको हस्ताक्षरमा कांग्रेसका ८ जना सांसदको दोहोरो नाम परेको छ । नेपाली कांग्रेसको शेखर समुहले पार्टी निर्णयलाई चुनौती दिँदै कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।
सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीको दाबी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै संवैधानिक र कानुनी हिसाबले परामर्श गरेर निकाल्नेमा उनले विश्वास लिएका हुन् । यसैबीच प्रदेश सभापति समेत रहेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलको ह्विप नलाग्ने भए पनि शेखर समूहको गतिविधिमा पार्टी अनुशासन लाग्ने बताए । उनले एकपटक दाबी फिर्ता लिन आग्रह गर्ने र त्यसो नभए कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।