देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीको सरकारबारे शिर्ष नेता छलफल गर्दै

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कोशी प्रदेशको सरकार बारे छलफल भएको छ ।
पदाधिकारीको छलफलमा सभापति शेरबहादुर देउवाले गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने धारणा राखेका छन् । सभापति देउवाले आज यस बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गर्ने तयारी गरेका छन् ।

आजै प्रधानमन्त्रीले पनि कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुखले २६ असोजसम्म १६८ (५) अनुसार कोशीमा सरकार बनाउन समायावधि दिएका छन् । अहिलेसम्म कोशी प्रदेशमा रहेका सत्ता गठबन्धनका दलहरू बीचमा मुख्यमन्त्री कसले दाबी गर्ने भन्ने बारे टुंगिएको छैन ।


गठबन्धन दलमा रहेका जसपाबाहेकका दलहरूले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अब मुख्यमन्त्रीको रूपमा अगाडि सार्न नहुने भन्दै केदार कार्कीलगायत प्रदेश सभा सदस्यहरूले छुट्टै लबिङ थालेका छन् ।कांग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की पनि मुख्यमन्त्रीका लागि भन्दै लविङ गरिरहेका छन् ।

उता माओवादीकेन्द्रका दुर्गाप्रसाद चापागाईँले मुख्यमन्त्रीको दाबी गरेका छन् । यस्तै माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्वो आकांक्षी रहेका छन् ।