देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धारा १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान

देशान्तर

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संबिधानको धारा१६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुखले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन् ।

कोशीमा अब संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठन हुनेछ । कोशी प्रदेशसभाका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि हिजो राजीनामा दिएका थिए ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको हिजो ३० दिन पुगेको थियो ।

उनले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिएका हुन् ।