देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशको बजेट पारित

देशान्तर


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०÷८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।

नेकपा एमालेले भने तोकिएको समयमा बैठक शुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको छ । सत्तारुढ दलहरुले नै यथास्थितिमा बजेट पारित गर्न नमानेपछि बजेट शंसोधनपछि पारित भएको हो । सत्तारुढ गठबन्धनको बैठकले प्रदेश सांसदहरुले खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ पुर्याउने, प्रदेश सभा सदस्यको सिफारिसमा योजना समाबेश गर्ने लगायतका सहमति भएको थियो ।