देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले नजुर्मुराए कांग्रेस कहिले जुर्मुराउने ?


नेपाली कांग्रेस (नेका) नेता कार्यकर्ताका निमित्त अग्रजले डुंगुर सामग्री छोडेका छन् । जसले गर्दा कांग्रेस पहिचानको अभिन्न अंग भएको छ विगतमा राणाशासन, पञ्चायती पद्धति तथा राजा ज्ञानेन्द्रविरुद्ध गरेको संघर्ष गाथा । विगत ३३ वर्ष पूर्वका घटनासँग सरोकार राक्ने नागरिकको संख्या न्यूून छ अनि तिनको संख्या पनि घट्ने क्रममा छन् । देश विगतमा बाँच्दैन । बहुसांख्खिक नेपालीले भोगेको, देखेको तथा सम्झने घटनाहरू लोकतन्त्रको पुनस्र्थापनापछिका घटनाहरू हुन् । लोकतन्त्रको पुनस्र्थापनापश्चात्को कालखण्डमा घटेका घटनाहरू भने सुखद छैनन् । अर्थात् कांग्रेसजनँंग गौरवशाली विगतको वर्णन गर्न थुप्रै सामग्री हुन्छ तर समकालीन विषयमा उनीहरूलाई मौनता धारण गर्नुपर्ने बाध्यता छ ।
विगत ३३ वर्षमा ३० सरकार गठन तथा विघटन भए । संसद्मा बहुमत कायम गर्ने एकदलीय सरकार, विभिन्न दल सम्मिलित गठबन्धनीय, राजाले नियुक्त गरेको गैरसंवैधानिक सरकार तथा दलीय सहमतिमा गठित सर्वोच्च अदालतको प्रधानन्यायाधीशले नेतृत्व गरेको गैरराजनैतिक तथा गैरदलीय सरकारको अभ्यास पनि गरियो । देश भने दिनप्रतिदिन दलदलमा फस्दै गएको छ ।

भाषणमा प्रयोग गरिने व्यवहारमा उतार्ने प्रयाससम्म रोगग्रस्त छन् । दल तथा नेताले निर्वाचन कालखण्डमा आकाश पाताल जोड्ने प्रतिबद्धता गर्छन् ।

प्रमुख दुई दलमध्ये नेकाले “समुन्नत नेपाल सम्पन्न नागरिक” तथा एमालेले “समृद्ध नेपाल सुखी नेपाली” जस्ता आकर्षक नाराहरू घन्काउँदै आएका छन् । तर तिनै दलको नेतृत्वमा गठित सरकारले समुन्नति अथवा समृद्धितर्फको यात्राको रेखांकन कोर्ने जाँगर पनि देखाउन सकेनन् अथवा चाहेनन् । फलस्वरूप लोभलाग्दा आकर्षक नारा निरर्थक साबित भएका छन् । भाषणमा प्रयोग गरिने व्यवहारमा उतार्ने प्रयाससम्म रोगग्रस्त छन् । दल तथा नेताले निर्वाचन कालखण्डमा आकाश पाताल जोड्ने प्रतिबद्धता गर्छन् । निर्वाचनलगत्तै उनीहरूले गरेको वाचालाई चटक्कै बिर्सने गर्छन् । देशमा व्याप्त नैराश्य तथा राजनैतिक वृत्तप्रतिको अविश्वास ।

अर्थतन्त्र सीमित व्यापारी तथा तिनका पृष्ठपोषक राजनैतिक पात्रहरूको पकडमा जकडिन पुगेको छ । औंलामा गन्न सकिने व्यापारीले बजारलाई कब्जा जमाएका छन् । तात्कालिक अत्याधिक मुनाफा आर्जन उनीहरूको एक मात्र उद्देश्य साबित भएको छ । तिनै व्यापारीको स्वामित्वमा बैंक सञ्चालित छन् । बैंकबाट पनि उनीहरूले नै लिन्छन् । इन्सुरेन्स कम्पनीका मालिक पनि उनीहरू नै “रि इन्सुरेन्स” कम्पनी पनि उनीहरूकै स्वामित्वमा छन् । बाझिएको स्वार्थप्रति सरकार नतमस्तक हुन्छ । किनकि सरकारमा प्रभाव तिनै व्यापारीहरूको छ । अर्थतन्त्रमा देखा परेका विसंगति तथा विकृतिको सुधारतर्फ ध्यान न अर्थ मन्त्रालयको जान्छ न त नेपाल राष्ट्र बैंककै । गलत आर्थिक तथा औद्योगिक नीतिहरूको परिणाम उद्योग धमाधम एकपछि अर्को गरेर धराशायीमा पर्दै जानु हो । नव उद्यमीका निमित्त बजार प्रवेश निषेधित अवस्थामा छ । सार्वजनिक यातायात क्षेत्रजस्तै बस, ट्याक्सी, ट्याम्पो आदि सञ्चालन गर्न चाहने होस् अथवा सिर्जनशील नयाँ आई टी उद्योग स्थापना गर्न अग्रसर उद्यमीले बखेडाको सामना गर्नुपर्छ । उनीहरूका निमित्त बजार प्रवेश अवरुद्ध अवस्थामा छन् ।

कुनै पनि सार्वजनिक खरिद तथा ठेक्कापट्टामा प्रमुख राजनैतिक पात्रहरूको नग्न संलग्नता भएको खुलासा हुन्छ । आयोजना अथवा निर्माण कार्य तोकिएको अवधिमा समापन गरिँदैन । किनकि समयमा कार्य सम्पादन नगर्ने ठेकेदारलाई हर्जना तिर्न होइन “कष्ट ओभररन”बापतको सहुलियत सुविधा उपलब्ध हुन्छ । ढिलासुस्ती गरेबापत कानुनी कारबाहीमा पर्नुको साटो थप सुविधा अर्थात् “इनिसेन्टिभ” पाउने प्रथा हाबी छ ।

आर्थिक, राजनैतिक तथा सामाजिक सूचकहरूलाई आधार तुल्याउने हो भने देश “फेल स्टेट” मार्गतर्फ उन्मुख हुँदैछ ।

आर्थिक, राजनैतिक तथा सामाजिक सूचकहरूलाई आधार तुल्याउने हो भने देश “फेल स्टेट” मार्गतर्फ उन्मुख हुँदैछ । सरकार नागरिकलाई सुरक्षा दिने दायित्वबाट बिमुख हुँदै गएको छ । अर्कोतर्फ सरकार सञ्चालन खर्च उसले उठाउने कुतको दाँजोमा अत्यधिक बढी हुन थालेको छ । वर्षैंपिच्छे सरकारले खर्च जुटाउन लिने आन्तरिक तथा बाहिरी ऋण परिणाम अनियन्त्रित रूपमा अकासिँदै छ । सरकारले बर्सेनि तिर्नुपर्ने त्यस्ता ऋणको सावाँब्याज विकास निर्माण खर्चभन्दा बढी हुन थालेको छ । अर्कोतर्फ कानुनी राज्यप्रणालीको उपहास हुँदैछ । राज्य सञ्चालकहरू स्वयम्ले नियम कानुन उल्लंघन गर्ने गर्छन् । थिति बसाल्नेभन्दा बसेको थितिलाई भत्काउने कार्यले प्रश्रय पाउँदै छ । “बिग्रेको देशको भत्केको चाला जजस्ले लुट्ला उसैले खाला” अवस्थाबाट राष्ट्र गुज्रँदै छ ।

धमिजा काण्डबाट सुरु भएको भ्रष्टाचारको यात्राले आजका दिनसम्म आइपुग्दा राष्ट्रले गर्ने सानातिना सरकारी खरिददेखि ठूला ठेक्कापट्टा पार्टी सबै नै विवादित हुने गरेका छन् ।

देशमा व्याप्त भविष्यविहीन अवस्थाबाट उन्मुक्ति पाउन जस्तोसुकै जोखिम उठाएर घरखेत दाउमा राखेर वैध तथा अवैध मार्गबाट विदेश पलायन हुने युवाको संख्या कहालिलाग्दो गरेर बढ्दैछ । बाहुबल भएका युवा रोजगारीको अवसर खोज्दै युक्रेन तथा रुसी सेनामा भर्ती हुन थालेका छन् । युवतीहरू विश्व मनोरञ्जन केन्द्रका “हस्पिटालिटी” उद्योगमा सामेल हुन भौतारिन थालेका छन् । भिसा प्राप्त हुने जुनसुकै राष्ट्र नेपाली विद्यार्थीका निमित्त गन्तव्य हँुदैछ ।
व्याप्त विकृति तथा विसंगति आजको उपज होइन । त्यो विगत ३३ वर्षदेखि अख्तियार गरिँदै आएको गलत नीतिका उपज वा परिणाम हुन् । देशको दुर्गतिका निमित्त अन्य दलभन्दा नेकाको जिम्मेवार कम छैन । “समुन्नत नेपाल सम्पन्न नागरिक” को नारा घन्काउने नेकाले विगत ३३ वर्षको अवधिमा दुई पटक बहुमतीय तथा १३ पटक मिलिजुली सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । कुल मिलाएर उसले १४ वर्षभन्दा बढी सरकारको नेतृत्व गर्ने अवसर पायौं । सत्तासीन हुँदा सुशासनको अनुभूति दिन चुकेको दल नेतृत्वले भ्रष्टाचार फैलाउन योगदान गरेको यथार्थबाट पन्छिन मिल्दैन । धमिजा काण्डबाट सुरु भएको भ्रष्टाचारको यात्राले आजका दिनसम्म आइपुग्दा राष्ट्रले गर्ने सानातिना सरकारी खरिददेखि ठूला ठेक्कापट्टा पार्टी सबै नै विवादित हुने गरेका छन् । सरकारी सम्पत्तिको अपचलनदेखि मानव तस्करीजस्ता घृणित कार्यमा राज्य सञ्चालक तथा तिनको परिवार जोडिन थालेका छन् ।

देशको भन्दा पृथक छैन नेकाको अवस्था । सभापतिकै हैकममा सञ्चालन हुने परिपाटी छ नेकाको संगठानात्मक संरचना । दलको संवैधानिक प्रावधानले सभापतिलाई अत्यन्त शक्तिशाली स्थान दिएको छ । पाँच पटक प्रधानमन्त्री पद सम्हालिसकेका सभापतिको नजर दल सञ्चालनतर्फ नभएर सत्ता केन्द्रित छ । पार्टी सञ्चालन दायित्वप्रति बेखबर तथा उदासी हुने गर्छन् । सत्ता प्राप्तिका निमित्त विवेकलाई तिलाञ्जली दिने तिनको ट्रेक रेकर्ड छ । समयमा निर्णय गर्ने क्षमताको प्रचुर अभाव छ तिनमा । दलको कोषाध्यक्ष जस्तो महत्वपूर्ण पद तिनको निर्णयको पर्खाइमा छ । अधिकांश भ्रातृ संस्था नेतृत्वविहीन छन् दशकौंदेखि ।

बिरलै गरिने दलीय बैठक तिनको आवासमा हुने गर्छ । केन्द्रीय पार्टी कार्यालयमा बिरलै प्रवेश गर्ने सभापति कार्यकर्तासँगको प्रत्यक्ष सम्पर्कमा आउन कन्जुस्याइँ गर्छन् । बिरलै जनसमक्ष प्रस्तुत हुने सभापति राजधानी बाहिर हुने नेकाकै कार्यक्रममा सहभागी त परै जाओस् उपस्थित हुने गर्छन् । सुकिला मुकिलाहरूको बलियो पकड भएको दलमा सभापतिको सामीप्यमा रहेका केही अपवादबाहेक अधिकांश पात्रहरू विवादित छविका छन् । तिनको “किचन क्याबिनेट” सदस्यमध्ये अधिकांश पेसेवार बिचौलिया, सन्धिग्न व्यापारी तथा नवधनाढ्य पर्छन् । निकट भविष्यमा पुनः अर्कोपटक अर्थात् छैटांै पटक प्रधानमन्त्री पदमा आसीन हुने नेताको राजनैतिक छवि धमिलो छ । भष्ट्राचार काण्डको पर्दाफास हँुदा तिनी तथा तिनका परिवार सदस्यको नाम सहजै गासिने गर्छ । आयातित स्यानेटरी प्याडमा लाग्ने भन्सार महसुल होस् अथवा वाइडबडी हवाईजहाज प्रकरण नै किन नहोस् । पराकाष्टाको उदाहरण त नक्कली भुटानी शरणार्थी प्रकरण हुन पुगेको छ ।

सर्वसाधारण नागरिकबीच पनि नेका सभापति आलोकप्रिय छन् । तर पनि तिनलाई हल्लाउने क्षमता नेकाभित्र छैन । अनेक कमी, कमजोरीका बाबजुद पनि देशलाई निकास दिने क्षमता केवल नेकासँग छ । किनकि सबै दल नेता विशेषगरी “शीर्षस्थ नेताहरू”ले राष्ट्र सञ्चालनको जिम्मेवारी पाइसकेका छन् । उनीहरूले देशवास को “भलो”को नाममा “कुभलो” हुने कार्यलाई निरन्तरता मात्र दिएका होइनन् बरु कसले को बढी घातक हुने भन्नेमा प्रतिस्पर्धा नै गरिसकेका छन । उनीहरूको कद पुड्को छ । सर्वसाधारणको विश्वास गुमाइसकेका छन् । तर पनि सबै आफ्नो दलमा उनीहरूको पकड बलियो छ । तिनका विरुद्ध आवाज उठाउनु भनेको दलबाट निष्कासित हुनु हो । कार्यकर्ता निरीह छन्, नेतालाई हल्लाउने सोचसम्म पनि राख्न सक्दैनन् । नेकामा भने सभापति लक्षित पुस्तान्तरण तथा पुनर्संरचनाको बहस चल्दैछ । केन्द्रीय तथा स्थानीय दुवै तहबाट यी दुवै अजेन्डाहरू स्वतः अभियानको रूपमा सञ्चालित हँुदै छन् । सभापति सामुन्ने विकल्प सीमित हुँदै गएका छन् । परिवर्तन हुने अथवा पद हस्तान्तरण गर्ने । कांग्रेसमा परिवर्तन सम्भव छ अन्य दलमा त्यो सम्भावना पनि देखिँदैन ।

अनेक कमी, कमजोरीका बाबजुद पनि देशलाई निकास दिने क्षमता केवल नेकासँग छ ।

राष्ट्रिय परिप्रेक्ष्यमा नेकाको अवस्था अन्य दलको भन्दा अलि पृथक् छ । कम्युनिस्टलाई सुशासन कुन “चराको नाम” समानको हुने गर्छ । नेताको निर्देशन, आदेश तथा संरक्षण बिना कसैले सिन्का पनि भाँच्न सक्दैनन् । जे जति भ्रष्टाचार हुन्छ सबै सर्वोच्च नेतृत्वको प्रत्यक्ष संलग्नतामा हुने गरेको छ । त्यसकारण भ्रष्टाचार प्रकरणमा मुछिएका कम्युनिस्ट नेताहरू दल नेताले सहजै चोखाउँदै आएका हुन् । कम्युनिस्टको दाँजोमा लोकतान्त्रिक दल भएकै नाताले कांग्रेसभित्रको क्रियाकलाप पारदर्शी हुन्छ । यदि ढाकछोप गरिएकै खण्डमा पनि ढिलो चाँडो भण्डाफोर भइनै हाल्छ । कानुनलाई मिच्ने प्रवृत्ति अन्य दलमा जस्तो नेकामा सम्भब हुँदैन । नेतृत्वले चाहेर पनि अपराधी कार्यमा संलग्न पात्रहरूको काठघर यात्रा अवरोध गर्न सक्दैनन् । हेक्का होस् विदेशीसँग ५० करोड मागेर सत्ता परिवर्तन गर्छु भन्ने टेपवार्ता प्रकरणमा ? अथवा प्रिन्टिङ प्रेस प्रकरणमा जस्तो भाउ बढाएर राष्ट्रलाई लुट्ने टेपजस्ता प्रकरणहरू कांग्रेस नेताबाट भएको भए के हुने थियो ? नेकाका भ्रष्टाचारी नेता जेल सजाय भोग्न पुगेका थुप्रै उदाहरण छन् । कम्युनिस्ट नेताहरूका छैनन् । अन्यथा अल्पमतीय सरकारको पालोमा “चिनी” काण्डबाट सुरु भएको यात्रा कोभिड महामारीको प्रकोपमा परेको राष्ट्रमा खोप खरिद “ओम्नी” प्रकरणजस्तो जघन्य आपराधिक कार्य सामसुम हुँदैनथ्यो ।

नेकामा आन्तरिक परिवर्तन सम्भव हुन्छ । दललाई सुकिला मुकिलाको कब्जाबाट उन्मुक्त दिन सम्भव छ । त्यसकारण नेकाले देशका सामुन्ने आइपरेका चुनौतीहरूको सम्बोधन गर्ने हैसियत राख्छ । लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने नेता तथा कार्यकर्ताहरूको जमात यस दलमा ठूलो छ । समुन्नतिका निमित्त लोकतान्त्रिक समाजवाद हालसम्म गरिएका राजनैतिक अभ्यासहरूमा सबैभन्दा अब्बल दर्जाको विकल्प साबित भएको छ । जुन ऊर्जाले कांग्रेसलाई लोकतन्त्र स्थापना तथा पुनस्र्थापनाका निमित्त संघर्ष गर्न अग्रसर तुल्यायो त्यही ऊर्जाले उसलाई देशलाई फेल स्टेट हुनबाट रोक्न सक्छ । कांग्रेस जुर्मुराएको खण्डमा डिरेल भएको राष्ट्रलाई पुनः लिगमा राख्न सक्छ । यो समय जुर्मुराउने हो ।