करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो । यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो । ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन् ।
अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अध्ययनमा बाँदरहरूले आफूलाई वातावरणमा कसरी छाँटकाँट गर्छन् भन्ने रोचक अनुसन्धान गरेका छन् । अध्ययनको नतिजाले कान नजिकको क्षेत्रमा स्मृति र सञ्चारजस्ता कार्यहरूका लागि जिम्मेवार भाग पुरातन बाँदरहरूको मस्तिष्कमा सानो रहेको देखाएको छ।
जब कान नजिकको क्षेत्रफल बढ्न थाल्यो तब उनीहरुको मस्तिष्कको आकार पनि अन्य प्रजातिको जस्तै हुन थाल्यो । यसको मद्दतले उनीहरूले शिकारीको आवाज पनि चिन्न थाले ।
प्रतिक्रिया