देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्लाष्टिक प्रदूषणको असर रोक्न सामूहिक प्रयास आवश्यक : मन्त्री बस्नेत

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहनबहादुर बस्नेतले प्लाष्टिक प्रदूषणले वातावरणमा परेको असरलाई नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित डिप्लोमा ईञ्जिनियर्स एशोसिएसन नेपाल डीनको ४३ औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक कार्यशालामा उनले सरकारले यस्तो प्रदूषण न्यूनीकरणको लागि आवश्यक नीति निमार्ण र कानून बनाउन ध्यान दिनु पर्ने बताए ।

‘प्लाष्टिक प्रदूषणको समाधानको लागि कलेक्टिभ ईफोर्टको आवश्यक छ । यसको असर यत्रतत्र जताततै छ । यसको न्यूनीकरण गर्न सकिरहेका छैनौं । यो कलेक्टिभ इफोर्टको लागि ७ वटा राष्ट्रहरुले जुन ढंगले प्रयास गरेको छ त्यसैगरि हामीले पनि जनचेतनाको हिसावले प्रचारप्रसार गर्नु पर्ने एउटा महत्वपूर्ण पक्ष हो र सरकारी तहबाट यसलाई न्यूनीकरण गर्दै जाने कुरामा आवश्यक नीति निमार्णहरु बनाउने कुरामा जोड दिनुपर्छ । ’

उनले प्लास्टिक जन्य पदार्थले वातावरणमा निकै ठूलो असर पार्ने भएकोले यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए ।