देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्याम्समा पदाधिकारी नियुक्त गर्न युनियनको माग

देशान्तर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको दुई महिना पुगेको छ भने पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक कामकाजमा समस्या उत्पन्न भएको छ ।

सरकारले पदाधिकारी नियुक्ति नगर्दा काम गर्न अप्ठेरो परेको भन्दै वीर अस्पताल कर्मचारी युनियनले तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।

कर्मचारी युनियनका पदाधिकारी तथा सदस्यहरूले कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै न्याम्समा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापकमध्येबाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवातर्फबाट कम्तीमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।
युनियनका सचिव दीपक मुडभरीले पदाधिकारी तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा वीर अस्पतालभित्रका वरिष्ठ प्राध्यापकमध्येबाट नियुक्ति गर्नुपर्ने माग गरेर ज्ञापनपत्र बुझाएको बताए ।